१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरको इको प्यालेसमा आगलागी, ५० लाखको क्षति

भक्तपुर - भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलमा सोमबार राति आगलागी भएको छ। चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा राति पौने तीन बजे आगलागी भएको हो। आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीपश्चात राति नै एउटा दमकलको सहायताले नियन्त्रण गर्न सफल भएको थियो। जुद्ध वारुद्ध यन्त्र कार्यालय दूधपाटी भक्तपुरबाट आएको एउटा दमकलले आधा घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएको थियो। आगलागी भएको १५ मिनेटभित्र दमकल पुगेका कारण ठूलो धनजनको क्षति हुनबाट जोगिएको बताइएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरीसहितको दमकल टोलीले राति नै आगो नियन्त्रणमा लिन सफल भएको थियो।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। आगलागीबाट कारखानाका ईपीएस, कमेकिल, फाइवरमेश, ग्लास फाइबर, काठको प्यालेट, इलेक्टिक मोटर, मिक्सर, जेनेरेटरलगायतमा क्षति पुगेको छ।आगलागीपछि विहानै महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्रहरी अधिकृतसहितको टोलीले मुचुल्का उठाइसकेको छ। आगलागीका कारण अहिले नै खुल्न नसकेको प्रहरीले जनाएको छ।

तर कम्पाउण्डभित्रको काठको प्यालेटमा आगो फालेर आगलागी गराइएको हुनसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले आशंका व्यक्त गरे। त्यही काठ जलेर कारखानभित्र आगो सरी जेनेरेटरलगायतका सामानहरु नष्ट भएको हुनसक्ने सीइओ इन्जिनियर दुवालले बताए। महानगरीय प्रहरी बृत जगाती भक्तपुरका प्रमुख डिएसपी शिशु शर्माले यदि कसैले आगो जानाजानी आगो लगाएको हो भने ती व्यक्तिहरु पता लगाउन आफूहरु गम्भीर भएर लाग्ने जनाए।

त्यसका लागि प्रहरी टोलीले कारखानाभित्र जडिट सीसीटीभी क्यामेरामा कैद भएको फुटेज भएको हार्डडिक्स लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेका छन्। अपराधिक मनस्थितिले घटना जो जसले घटाएको भए पनि सम्पूण प्रहरीको संयन्त्र लगाई सुक्ष्म अनुसन्धान गरी अपराधीमाथि कारबाही गर्ने प्रतिवद्धता डिएसपी शर्माले जनाए। भक्तपुर अनुसन्धान टोलीले पनि आगलागी भएको कारखानको निरिक्षण गरी आगलागीका कारण खुलाउन आफूहरु तत्पर भएर लाग्ने बताए।

गोर्खा इको प्यानल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो। यसले भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको बिल्कपको रुपमा प्रयोग हुने इको प्यानल   (निर्माण सामाग्री) उत्पादन गर्ने गर्दै आएको छ।

प्रकाशित: २४ वैशाख २०७६ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App