१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले पाल्पामा आचार्य निर्वाचित

पाल्पा–एमाले पाल्पाको अध्यक्षमा नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट सहमतिमा आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । आचार्य केपी शर्मा ओली निकट मानिन्छन्।

शनिबार पाल्पाको तानसेनमा सम्पन्न अधिवेशनबाट आगामी चार वर्षकालागि नयाँ नेतृत्व चयन भएको हो । दुई दिनका लागि तय गरिएको अधिवेशन तीन दिनसम्म चलेको थियो ।

अधिवेशनले जिल्ला कमिटी उपाध्यक्षमा मोहन थापा मगर, सचिवमा ओमबहादुर घर्ति मगर र उप सचिवमा खिमानन्द पाण्डे (कमल) लाई चयन गरेको छ ।

गुटउपगुट अन्त्यका लागि अन्तिमसम्म प्रयास गरि सफल भएको निवर्तमान अध्यक्ष देविप्रसाद बस्यालले बताए । निर्वाचन कमिटीका संयोजक बासुदेव अर्यालले अधिवेशनबाट सर्वसम्मत रुपमै ५९ सदस्यीय जिल्ला कमिटी चयन गरेको बताए ।

प्रकाशित: ७ कार्तिक २०७३ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App