१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुरुङ खनी लाखौंको चोरी

रौतहट – देवाही गोनाही नगरपालिकामा लाखौं रुपैयाँ चोरी भएको छ। शनिबार र आइतबार राति गरी आधा दर्जनभन्दा बढी घरमा सुरुङ खनी चोरले लाखौंको सम्पत्ति लगेको स्थानीयको भनाइ छ।

देवाहीस्थित सशस्त्र बेस क्याम्पभन्दा करिब दुई सय मिटरनजिकै रहेका स्थानीय राम अखिलेशप्रसाद पटेलको घरमा शनिबार राति चोरले सुरुङ खनी लाखौंको सामान लगेको पीडितले बताएका छन्। तीनवटा स्क्रिनटच मोबाइल, गहना, नगद र लत्ताकपडा गरी करिब साढे दुई लाखको सम्पत्ति चोरले लगेको पीडितले जनाए। सोही रात स्थानीय दानी साहको घरमा पनि चोरी भएको स्थानीयको भनाइ छ।

त्यस्तै आइतबार राति देवाहीकै ओपिन्दर पटेल, जोगी राय, सिमंगल राय र विनोद रायको घरमा चोरी भएको प्रहरीले जनाएको छ। ओपिन्दर पटेलको घरबाट ५० हजार रुपैयाँ र लुगाकपडाका साथै अन्य सामान गरी करिब १ लाख ३० हजार रुपैयाँको सामान लगेको पीडितले बताएका छन्। यसैगरी विनोद राउतको घरबाट नगद १० हजार भारतीय रुपैयाँ र अन्य सामान गरी ५० हजार रजोगी रायको घरबाट ४० हजार रुपैयाँ तथा करिब ५० हजार रुपैयाँ मूल्यबराबरका विभिन्न गरगहना र लत्ताकपडा गरी एक लाख १० हजार रुपैयाँ बराबरको सामान चोरले लगेको प्रहरीले जानकारी दिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। चोरीको घटना बढेपछि प्रहरीले रात्रि गस्तीमा वृद्धि गरेको छ।

प्रकाशित: २४ वैशाख २०७६ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App