१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समाजवादी पार्टीमा कसको पद के ?

काठमाडाैं– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज पार्टी एकता घोषणा भएको छ। एकताबाट बनेको समाजवादी पार्टीको केन्द्रीय समितिका २५ जना पदाधिकारीको नाम घोषणा भएको छ।

नवगठित पार्टीको संघीय परिषद् अध्यक्षमा डा बाबुराम भट्टराई रहनेछन् भने केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव रहने छन्। त्यस्तै वरिष्ठ नेतामा अशोक राई तथा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहनेछन्।

समाजवादी पार्टीमा ८ उपाध्यक्षहरू रहने छन्। उपाध्यक्षहरूमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र, यमराज राई रहनेछन्। त्यस्तै ३ महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव रहेका छन्।

पार्टीको उपमहासचिवहरूमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी रहेका छन्। यस्तै सचिवहरूमा महोमद ईस्तियाक राई, दुर्गा सोप, पर्शुराम बस्नेत र प्रशान्त सिंह छन्। कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन्।

प्रकाशित: २३ वैशाख २०७६ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App