१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समाजवादी पार्टी, नेपालको मुद्दा : कार्यकारी राष्ट्रपति

काठमाडौं - संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने भएको छ।

एकताका लागि भएको सहमति पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुद्दा बनाउने विषयमा हस्ताक्षर भएको हो। यस्तै यो पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दासमेत अघि सारेको छ। उक्त सहमति पत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले हस्ताक्षर गरे।

पार्टीमा दुई अध्यक्ष रहने छन्। संघीय परिषद्को अध्यक्ष डा भट्टराई हुने छन् भने केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहने छन्। यस्तै यो पार्टीको सिद्धान्त समुन्नत समाजवाद रहनेछ। यो पार्टीले पहिचानका आधारमा १०+१ प्रदेशसहितको मुद्दा उठाउने छ। यसका लागि संविधान संशोधनको मागसमेत यो पार्टीले गरेको छ। एकता घोषणासँगै संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाल विघटन भएकादछन् भने अब चाँडै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने पार्टी नेता रामसहायप्रसाद यादवले बताए।

प्रकाशित: २३ वैशाख २०७६ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App