१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै: राजेन्द्र श्रेष्ठ

काठमाडौं - नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै भएको बताएका छन्।

समाजवादी पार्टी, नेपाल घोषणासभामा उनले जनताले कम्युनिस्ट र कांग्रेसलाई केही भइहाल्छ कि भनेर थारो गाईलाई जस्तै स्याहार गरिरहे पनि केही दिन नसकेको बताए।

उनले पछिल्लो समय राजतन्त्र र साम्यवाद एउटै जस्तो हुन थालेको बताए। 'राजतन्त्र र गणातन्त्र त हात्ती र हात्तीछाप एउटै हुन् भने जस्तै भएको छ', उनले भने, 'यो राष्ट्रपतिको सम्बोधनले पनि त्यो देखियो। यी त नामका कम्युनिस्ट भए पनि राजतन्त्रको आत्मा बोकेर आएका छन्।'

उनले आफूहरू पूरै नयाँ विचारका साथ आएको बताए। उनले सिंहदरबारमा लामो समयदेखि शासन गरिरहेका कांग्रेस र कम्युनिस्टलाई घोक्रेठ्यक लगाउने दाबी गरे। उनले नेताभन्दा नीतिमाथि र व्यक्तिभन्दा पार्टीमाथि हुनुपर्ने बताए। 'नेता ग्रेटम्यान हुने र कार्यकर्ता नोकरचाकर हुने दिन गए। यसको अन्त्य हाम्रो पार्टीले गर्छ', उनले भने। उनले आफूहरूले पार्टी एकता गरे पनि पहिचानको मुद्दा नछाड्ने दाबी गरे।

प्रकाशित: २३ वैशाख २०७६ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App