१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

फोरम र नयाँ शक्तिबीच एकता घोषणा हुँदै

कमलादीमा एकता घोषणा कार्यक्रममा नेताहरु। तस्बिर : केशव थोकर

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा हुँदैछ। प्रज्ञा प्रतिष्ठानमा एकताको कार्यक्रम सुरु भएको छ। यस अघि दुई दलका नेताबीच पार्टीको नाममा समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको थियो। पार्टीको संघीय परिषदको नेतृत्व भट्टराईले र केन्द्रीय समितिको नेतृत्व यादवले गर्ने छन्।

एकता घोषणाको लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम आयोजना गरिएको छ। फोरमका १६ सांसद छन् भने नयाँ शक्तिका एक सांसद छन्। डा. भट्टराई 'जनयुद्ध'बाट उदाएका नेता हुन्। उनले पछिल्लो पटक वैकल्पिक राजनीति गर्ने भन्दै माओवादीबाट अलग्गीएर नयाँ पार्टी खोलेका थिए। यादव मधेस आन्दोलनबाट उदाएका नेता हुन्।

प्रकाशित: २३ वैशाख २०७६ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App