१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं आउँदा जंगल आएजस्तो भो : दाहाल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लाखांै जनताका बीचमा काठमाडौं आउँदा आफूलाई जंगलमा आएजस्तो भएको बताएका छन्। ‘एक्लै÷एक्लै हुन थालियो यो के भएको हो ? जंगलमा हँुदा बरु सबै थिए, यहाँ आउदा एक्लै भएको महसुस हुदैछ किन किन मलाई लाखौको वीचमा काठमाडौ आउँदा जंगलमा आएजस्तो अनूभूति हुन थालेको छ,’ अध्यक्ष दाहालले भने। एकजुट हुदाँ पनि हिम्मत हारे जस्तो, केही पनि गर्न नसकिएला जस्तो अनभूति भइरहेको पनि बताए। आइतबार कार्लमाक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले सो कुरा बताएका हुन्।

‘उतिबेला हामीले जतिसुकै ठूला दुःखकष्ट र चुनौती बिर्सन्थ्यौं। तर, अहिले किन त्यस्तो हुँदैन ? हिजो जंगलमा सुतियो। तर, जंगलको अनुभूति भएन। हामी जंगलमा भएजस्तो अनुभूति पनि भएन। तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा एक्लै भएको महसुस हुन थालेको छ। अहिले के विचित्र भइराखेको छ ?,’ दाहालले भने, ‘हामी ६÷७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौं। तर, हामी हिम्मत हार्दैछौं। किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं ? हामीले संकल्प र समीक्षा गर्ने यही हो।’

हेर्दै जानुहोला मलाई जंगल जान कुनै अप्ठ्यरो छैन, आफूलाई जंगल जान जनताले साथ दिए सबै त्यागेर फेरि जंगल जान तयार छु। पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाती फुलाउने तपाईं हामीहरू अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरे हुन्थ्यो जस्तो गर्न थालेका छौं।

उनले सत्ता कब्जा गर्न वा प्रधानमन्त्री बन्नका लागि मात्रै पार्टी एकता नगरेको बताए। सत्ता कब्जा गर्न र प्रधानमन्त्री बन्नका लागि पार्टी एकता गरेको नभई यसको उद्देश्य समाजवादमा पुग्ने रहेको बताए। ‘ठूलै सपना बोकेर पार्टी एकता गरिएको हो। प्रधानमन्त्री हुन र सरकार कब्जा गर्न पार्टी एकता गरिएको होइन,’ अध्यक्ष दाहालले भने। उनले एउटा नयाँ ढंगको पार्टी निर्माण गरेर समाजवादी युगतिर नेपाललाई लगेर विश्वभरिका समाजवादीलाई सन्देश दिन पार्टी एकता गरिएको बताए। दाहालले वर्तमान नेकपा पार्टीलाई रूपान्तरण गरेर कम्युनिस्ट पार्टी बनाउने बताए। ‘मूल्य मान्यतामा चल्ने, विचारमा चल्ने पार्टी बनाउने हो। श्रमजीवी जनताको विशाल फौज बनाउने हो। फौजभन्दा फेरि जनयुद्ध गर्न लाग्यो भन्ने नबुझ्नुहोला,’ दाहालले भने।

आफ्नो सम्बोधनको अन्तिम–अन्तिममा अध्यक्ष दाहालले आफूलाई पुनः जंगल जान कुनै अप्ठ्यरो नहुनेसमेत बताए। ‘हेर्दै जानुहोला मलाई यसमा कुनै अप्ठ्यारो छैन, आफूलाई जंगल जान जनताले साथ दिए सबै त्यागेर फेरि जंगल जान तयार छु।’ चुनाव जित्नका लागि मात्रै पार्टी एकता नगरेको भन्दै आफू फेरि जंगल जानसक्ने उनले बताए। दाहालले भने, ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाईं हामी एक्लै छौं जस्तो भएको छ,’ उनले प्रश्न गरे ‘हामी कता गइरहेका छौं ? पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाती फुलाउने तपाईं हामीहरू अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरे हुन्थ्यो जस्तो गर्न थालेका छौं।’

उनले पार्टीभित्रै छिर्के हान्न थालेको भन्दै दुःखेसो पनि पोखे। ‘अहिले हाम्रो पार्टीमा कमरेडहरू एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भा’छ, एउटाले अर्कोलाई सिध्याउन खोजे,’ दाहालले भने, ‘कम्युनिस्ट पार्टीभित्र पनि बदमास मात्रै हुँदैनन्, सज्जन पनि हुन्छन्,’ उनले भने। कार्यक्रमका संयोजक घनश्याम भुषालले गणतन्त्र ल्याउन रगत पसिना बगाएका नेताहरूले दिनमा सयजना दलालसँग भेटेर समय बिताउने गरेकोमा चिन्ता व्यक्त गरेका थिए। हिजो पाटीभित्रको सैद्धान्तिक विमर्श कुन व्यापारी, कुन तस्करको पक्षमा को नेता छ भन्ने तहमा आइसकेको र क्रान्तिकारी भन्नेहरूले होस गुमाइसकेको र पार्टीभित्र पनि त्यसकै बारेमा सैद्धान्तिक बहस हुन थालेको बताए। अहिले दलाल पुँजीवादले पार्टीका अनेक ठाउँमा जरा गाडेको पनि उनको टिप्पणी थियो। ‘पार्टीमा दलाल पुँजीवादले जरा गाड्दै गएपछि कानुन ठिक गर्न खल्तीका न्यायाधीश नियुक्त गर्नुप‍¥यो, कर, भन्सारमा आफूले भनेका मान्छे हाकिम बनाउनुप‍¥यो। टिप्पणी उठाउने कर्मचारी आफ्नो मान्छे चाहियो। अख्तियारमा लोकमानसिंह कार्कीजस्ता पात्र चाहियो,’ भन्दै उनले नेतृत्वको आलोचना गरे।

उनले संगठन सबै भेंडीगोठ र आफू भेंडी गोठालो भन्ने ठान्यो भने समाजवाद त्यहीँबाट ओरालो लाग्ने बताए। संयोजक भुषालले समृद्धि र समाजवादको यात्रामा पार्टी र त्यसका नेता कार्यकर्ताले आफू कहाँनेर छु भनेर भेउ पाउन नसकेको बताए। ‘समृद्धि र समाजवादको यात्रामा हामी कहाँनेर छौँ भनेर थाहा नपाइकन हिँड्ने हो भने यो समाजवादको डुँगा कहीँ गएर हिमपहाडमा ठोकिन्छ। सत्यानास हुन्छ, हामीले सत्यानाश राज्ने कि समाजवाद,’ भुषालले भने। उनका अनुसार अहिले पार्टीभित्रै सत्यनिरुपण हुनु आवश्यक रहेको बताए। पहिलो सत्यनिरुपण गरौ त्यसपछि मेलमिलाप गरौंला,’ उनले भने।

विश्वमा एक सय वर्षको इतिहासमा नेपालमा कम्युनिस्ट पार्टीले पाएको जनमत अत्यन्तै ठूलो भएको बताउँदै कम्युनिस्ट पार्टीले हासिल गरेको जनमत उत्ताउलो हुन छुट नदिएको पनि बताए। उनले अफ्रिकाको डान्सबारमा नेपाली चेली रहेसम्म यो देशमा समाजवादको कल्पना मात्रै हुने दाबी गरे। ‘समृद्धि नेपाल सुखी नेपालीको नारा खुब लगाउँछौ तर दलाल पुँजीवादको कुरा कहिल्यै उठाउँदैनांै हामी त निठल्लो फौज जस्तो भयौं,’ भुषालले भने। उनले घरमा वासुकीनागको फोटो टाँसेर सर्पबाट सुरक्षित भयांै भन्ने जस्तै भएको पनि दाबी गरे।

प्रकाशित: २३ वैशाख २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App