१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरी मुख्यालयमै तालिवान लडाकूको आक्रमण

काबुल– हतियारधारी लडाकूहरुले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका छन्।

तालिवान लडाकूहरुले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री शहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका हुन्। प्रहरी अधिकारीहरुले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाएका टोलो समाचार समितिले उल्लेख गरेको छ।

उनीहरुले आक्रमणको भने पुष्टि गरेका छन्। आक्रमणकारीहरुले प्रहरी मुख्यालयनजिकै कार बम विस्फोटन गराएको प्रहरी अधिकारीहरुको भनाई छ। विस्फोटनसँगै अन्य बन्दुकधारीहरुले पनि गोली प्रहार गरेका थिए। गोली हानाहान जारी रहेकाले थप विवरण आउन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले जनाएका छन्। रासस

प्रकाशित: २२ वैशाख २०७६ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App