१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिलाई बेलायतकी महारानीको शैलीमा सम्वोधन गर्न लगाइयो : देउवा (पूर्णपाठ सहित)

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीन- भारत जोड्ने रेल अनुदानमा बनाउनु पर्ने बताएका छन्। नीति तथा कार्यक्रममाथीको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले चीन र भारत जोड्ने रेलमार्ग दुवै देशका लागि महत्वपूर्ण आयोजना भएकोले यिनीहरुको  निर्माण अनुदानमा मात्र हुनुपर्छ भन्ने दृष्टिकोण रहेको बताए।

'चीन-भारत जोड्ने रेल दुइवर्षमा निर्माण शुरु गर्ने भनिएको छ', उनले भने, 'तर सरकार यि आयोजनाहरुको संभाव्यता, लागत र लाभको निर्क्यौल र स्रोतको व्यवस्थापनबारे आफै अनभिज्ञ छ। हामी छिमेकी मित्रराष्ट्रहरुसंग सडक, रेल, जलमार्ग, र हवाइमार्गबाट जोडिने पक्षमा छौं तर लहडमा नभै प्राथमिकता र प्रतिफलको आधारमा यस्ता आयोजनाहरुको छनौट गरिनुपर्छ।'

बार्है महिना चल्ने सडक सञ्जालको निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको उनले बताए। यसतर्फ गम्भीर नभै

सरकारको फितलो परराष्ट्र नीति संचालनका कारण अन्तर्राष्ट्रिय विश्वसनीयता र विदेशी लगानीमा समेत प्रतिकूल असर परेको बताए।

सरकारले सम्मानित राष्ट्रपतिको संस्थालाई पटकपटक विवादमा तान्दै आएको बताउँदै वेलायतकी महारानीको शैलीमा संसदमा सम्वोधन गर्न लगाएर थप विवादमा पारेको बताए। यो लोकतान्त्रिक गणतन्त्रको लागि शुभसंकेत नभएको उनको भनाई छ।  

  

 

 

प्रकाशित: २२ वैशाख २०७६ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App