१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पौडी खेल्न प्रतिबन्धित पोखरीमा डुबेर किशोरको मृत्यु

भद्रपुर - झापाको मेचीनगर नगरपालिका–  ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाइँको मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

छ साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाइँ बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो। मृतकका बुवा भानु प्रसाईँ मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी हुन्।

समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन्। निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वन हेरालु खाना खान गएको बेला दुर्घटना भएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। रासस

प्रकाशित: २२ वैशाख २०७६ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App