१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मातातीर्थ औंसीमा सन्तानको पखाई

भक्तपुर - भक्तपुरकी कल्पना कुमार शनिबार आमाको मुख हेर्ने दिनभर छोराछोरीले आप्mनो पनि मुख हेर्न आउलान् कि भनेर कुरेर बसिन्। तर रातिसम्म पनि कुनै छोराछोरीले मुख हेर्न आइनन्। कल्पना भन्छिन्, ‘आज सबैजनाले आमाको मुख हेर्ने गर्छन्। त्यसैले मैले पनि मेरी छोरीलाई कुरेको हुँ।’ छोरी जन्मेपछि श्रीमान्ले अर्को श्रीमती ल्याएको र आफू एक्ली भएको उनी सुनाउँछिन्। त्यसपछि श्रीमान्को दिने पीडा सहन नसकेर घर छोडेको उनी बताउँछिन्। कल्पना दुःखी हुँदै भन्छिन्, ‘श्रीमानले एक तलामाथिबाट खसाले। खुट्टा पनि भाँचियो।’ लगनखेलको सडकमा बास भइरहेको उनलाई मानव कल्याण समाज (सेवा घर) मा ल्याइएको हो। अहिले यही सेवा घरमा असहायहरुलाई खाना बनाएर खुबाउने गरेकी छिन्।

त्यस्तै दुःख भोगेकी दिलु मानव पनि हुन्। उनी पनि आफ्नो एक छोराको पर्खाइमा छन्। उनी पनि अहिले मानव कल्याण समाज सेवा घरमा बस्दै आएकी छिन्। उनलाई सेवा घरले काभे्र बनेपाबाट उद्धार गरी ल्याएको हो। उनी अहिले मानसिक रोगबाट पीडित छिन्। उनी भन्छिन्, ‘आमाको मुख हेर्न दिन मेरो छोरालाई कुरेर बसेकी छु।’
सेवा घरमै बस्ने माइली आमाको पनि त्यस्तै दुःख छ। उनका पनि छोराछोरी छन्। तर कहाँ छन् थाहा छैन। उनलाई पनि सेवा घरले काठमाडौंबाट उद्धार गरिएको थियो। ‘आज सबैले आमाको मुख हेर्छन् तर मलाई हेर्न भने कोही आएनन्,’ उनी भन्छिन्। यी सबै असहाय आमाहरु भक्तपुर कमलविनायकस्थित सेवाघर सहारा लिइरहेकी आमाहरु हुन्। मानव कल्याण समाज (सेवा घर) की अध्यक्ष सुनिता चौलागाईंले आज आमाहरुको मुख हेर्ने दिन आमाहरुलाई नरमाइलो नलागोस भनेर सांस्कृतिक कार्यक्रम गरेको बताइन्। चौलागाईं भन्छिन्, ‘आमाहरुको लागि नै भनेर बिहान सबै आमाहरुलाई सफा बनाई सारी लगाइदिएका थियौैं। मिठामिठा परिकार पनि बनाएर खाना खुवायौं।’

मानव कल्याण समाज (सेवा घर) मा आमाहरु मात्रै १५ जना रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘आमाहरुको नाम पनि उनीहरुको स्वभावको आधारमा राखिएदिएका छौं।’ त्यसकारण आमाहरुको नाम कसैको कविता, शान्ति, फुलकुमारी, यम माया, कल्पना, दिलमाया, अस्मिता, कान्छी माया, माइली आमा, सुन्तली आमा, नम्रता, सरु, जुनु, अनिता, शान्ति प्रिया आमा राखिएको छ। धेरैले आफ्नो आमाको फोटो सोसल मिडियामा राख्दै ‘ह्यापी मदर्स डे’ लखिरहेका छन्।

प्रकाशित: २२ वैशाख २०७६ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App