१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोकर्णेश्वरको पुनर्निर्माणमा सहयोग गर्नेलाई अभिनन्दन

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उत्तमकुमार थापालाई अभिनन्दन पत्र प्रदान गर्दै। तस्बिर : नागरिक

काठमाडौं – प्राचीन गोकर्णेश्वर महादेव मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपन गरी पुनर्निर्माण अभियानमा सहयोग गर्ने नारायणटारका उत्तमकुमार थापालाई अभिनन्दन गरिएको छ। गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिले शनिबार एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा थापालाई अभिनन्दन पत्र प्रदान गरेको हो।

थापाले मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपन गरी पुनर्निर्माणकार्यका लागि स्व. श्रीमती टोमरदेवी लक्ष्मी थापाको सम्झनामा २४ लाख ५१ हजार एक सय एघार रुपैयाँ सहयोग गरेका छन्। उक्त रकम अभिनन्दन कार्यक्रममा थापाले विकास समन्य समितिलाई हस्तान्तरण गरेका थिए। गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समन्वय समितिका अध्यक्ष कोमलबहादुर बिष्टले मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपन गर्ने पुण्य कर्मको उच्च सम्मान गर्दे अभिनन्दन गरेको बताए। समितिका अनुसार दोस्रो तलाको लागि मात्रै ६ करोड लागत लाग्नेछ।

सबै छानोमा २२ किलो सुन खर्च हुनेछ। नगरपालिकाका प्रमुख सन्तोष चालिसेले थापाले गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै अरु संघसस्था र व्यक्तिहरुले पनि निर्माण कार्यमा सहयोग गर्नुपर्ने बताए। ‘थापाले आर्थिक सहयोग गरेर ठूलो धर्म गरेका छन्, उनले भने, ‘ऐतिहासिक धार्मिक मन्दिर भएकाले अन्य संघसस्था र व्यक्तिहरुले पनि सहयोग गर्न अनुरोध गर्दछु। नगरपालिकाले पनि यसको लागि एक करोड सहयोग गरिसकेको छ।’ नगरपालिकाले मन्दिरको निर्माणसँगै मन्दिर अगाडिको खाली ठाउँमा ढुंगा छापेर फूलको बगैंचा बनाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उनले बताए। वडाको बजेटलाई कटौती गरेर भक्तजनलाई सुविधा दिनको लागि शिवपुरीको भ¥याङ बनाउने योजना अघि सारेको उनले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०७६ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App