१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विष्ट र तामाङलाई स्वर्ण

काठमाडौं – आदेश विष्ट र मुना तामाङले दोस्रो कोटेश्वर आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदेशले जुनियर २० केजीमुनि र मुनाले महिला ४९ केजीमुनि तौलसमूहमा स्वर्ण जितेका हुन्।

आदेशले फाइनलमा सन्दीप गिरीलाई हराउँदै स्वर्ण आफ्ना बनाउँदा संस्कार अधिकारी र कृष्ण बुढाथोकी संयुक्त रूपमा तेस्रो भए। मुनाले भने फाइनलमा जोत्स्ना केसीलाई स्तब्ध बनाउँदै स्वर्ण आफ्नो बनाइन्। सोही तौलसमूहमा काभ्या तिमिल्सिना र अमीसा कार्की संयुक्त रूपमा तेस्रो भए। पुरुषकै ३१ केजीमा हर्ष थापा पहिलो हुँदा फाइनलमा गणेश कोइरालालाई हराए। सोही तौलमा वांगेल तामाङ र नागेश ठाकुर तेस्रो भए।

महिलाकै ४३ केजीमा समर्पण राई पहिलो हुँदा फाइनलमा हिमानी मगरलाई स्तब्ध बनाइन्। सोही तौलमा सुष्मा राई र अर्चना साह तेस्रो भए। महिलाकै ४४ केजीमा प्रगति कुँइकेलले स्वर्ण जित्दा नममी आचार्यलाई स्तब्ध बनाइन्। सोही तौलमा स्मारिका शिवाकोटी र रेमिक्सा रेग्मी तेस्रो भए। महिलाकै ४५ केजीमुनि सलिना केसीले स्वर्ण जित्दा फाइनलमा स्विटी मण्डललाई पराजित गरिन्।

अनिषा बखती र उदिता खड्का तेस्रो भए। एकदिने प्रतियोगितामा कुल १ सय १० खेलाडीले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरेको आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०७६ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App