१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

देवशमशेर सम्बन्धी अशुद्धि

दिनेशराज पन्त
विसं ०७६ वैशाख ७ को कान्तिपुर कोसेलीमा छापिएको यादव भट्टराईको ‘विवेक  विरोधी पाठशाला’मा विसं १९५८ असार १० मा आफ्नै सहोदर दाज्यू देवशमशेरलाई जमल सेतो दरबारमा पाता फर्काएर कुर्सीमा बाँधी कोठामा कैद गरेर सत्तामा उदाएका चन्द्र शमशेरलाई बस्न फराकिलो दरबार चाहिएको थियो  भनी लेखिएको छ। विसं १९५८ असार १० गते देवशमशेर पदच्युत भएका हुन् भनी यहाँ लेखिएको छ।

वास्तवमा देवशमशेर विसं १९५८ असार १३ गते पदच्युत भएका हुन्। श्री ५ पृथ्वी वीरविक्रम शाहले श्री ३ चन्द्र शमशेरलाई दिएको पञ्जा मोहरबाट यो थाहा पाइन्छ। काठमाडौंबाट संशोधन मण्डलद्वारा विस ०३२ मा प्रकाशित पूर्णिमा ३३ पूर्णांकमा छापिएको दिनेशराज पन्तको शुभराज्याभिषेकको अवसरमा प्रकाशित ‘फ्याक्ट्स् अबाउट् नेपाल’मा रहेका अतथ्य कुरा भन्ने लेखमा (त्यस पूर्णांकको ४८ पृष्ठमा)सप्रमाण यो कुरा लेखिएको छ।

प्रकाशित: २१ वैशाख २०७६ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App