१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिलो महिला सगरमाथा आरोही जुन्को तावेईको निधन

काठमाडौँ- पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ। जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ। जापानी टेलिभिजन एनएचकेले पनि तावेईको निधन भएको खबर लेखेको छ। तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो।

जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बनेकी थिइन्।  

तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले राससलाई जानकारी दिए।

नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेलेकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उनले बताए।

“आरोहणको क्षेत्रमा उनले (तावेई)ले धेरै राम्रो काम गर्नुभएको छ, वातावरण संरक्षण र पर्वतारोहणमा पनि उनको योगदान छ, नेपालले असल मित्र गुमाएको छ, यसले हामीलाई दुःखित तुल्याएको छ” – अध्यक्ष शेर्पाले भने।

जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकी थिइन्। रासस

 

प्रकाशित: ६ कार्तिक २०७३ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App