१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाअभियाेग प्रस्ताव ल्याउन लाेकमानले मलजल गरे: फुँयाल

काठमाडौं–नेकपा एमालेका सांसद रामेश्वर फूयाँलले अख्यितार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गरेका छन्।  शनिबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सांसद फुँयालले गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्रले बल पुर्याएझैं लोकमानले पनि आफ्नोविरुद्ध महाअभियो प्रस्ताव ल्याउन आँफैले मलजल गरेको उनको आरोप थियो।

उनले अघि थपे, ‘अति गरे, खति हुन्छ भनेको यही हो, उनले कानुनी राज्यलाई ठाडै चूनौति दिएका थिए, त्यसैले यो प्रस्ताव आएको हो।’सांसद फुयाँलले महाअभियोग प्रस्ताव पारित गर्न प्रमुख दल नेपाली काँग्रेसले पनि पूर्ण साथ दिने दाबी गरे। उनले भने, ‘काँग्रेसले नगरेर के गर्छ त?’ उनले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नको लागि प्रमुख दलका नेताहरुले राजनेताको भूमिका निर्वाह गर्ने बेला आएको भन्दै त्यतातिर गम्भिर भएर सोच्न आग्रह गरे । उनले भोलिबाट महाअभियोग प्रस्तावमाथि छलफल हुने भएकोले अबको एक महिनाभित्रै यो विषय टुँगो लाग्ने समेत जनाए ।

 

प्रकाशित: ६ कार्तिक २०७३ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App