१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सहमतिमा टुंगियो विवाद

डोल्पा– जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र प्रारम्भिक कक्षा पढाई कार्यक्रमबीचको विवाद लिखित सहमतिमा टुङ्गिएको छ। समन्वय इकाई प्रमुख सिंहराज डाँगीले प्रारम्भिक कक्षा पढाई कार्यक्रम संयोजक रणबहादुर कार्कीले आफुसँग समन्वय र आर्थिक पारदर्शिता नदेखाएको आरोप लगाउँदै आएका थिए। जसको कारण दुई पक्षबीच विवाद हुँदै आएको थियो।

बैशाख १५ गते नागरिक अनलाइनमा समन्वय इकाई प्रमुखले नै च्याते तालिमको ब्यानर र ३२ जना शिक्षक अलपत्र शिर्षकमा समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि सामाजिक सन्जाललगायत प्रत्यक्ष रुपमा शिक्षा समन्वय इकाई प्रमुख डाँगीको चौतर्फी आलोचना भएको थियो।

०७६ बैशाख १४ गते दुनैस्थित अगुवा स्रोत केन्द्रमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको तालिम भइरहेको बेला समन्वय इकाई प्रमुख डाँगीले तालिमको ब्यानर च्यातेर तालिम स्थगित गरेका थिए। जसका कारण उपल्लो डोल्पाका शे फोक्सुण्डो, डोल्पो बुद्ध छार्काताझ्सोङ्ग र काईके गाउँपालिका गरेर २९ विद्यालयका १ देखि ३  कक्षासम्मका ३२ जना शिक्षक अलपत्र परेका थिए। क्षेत्रीय शिक्षा तालिम केन्द्र सुर्खेतको शिक्षण पेशागत सहयोग तालिम अन्तरगत उक्त तालिम शुरु भएको थियो।

समन्वय नै नगरि आफुु खुशि तालिम संचालन, अनुगमन गर्ने गरिएकाले प्रारम्भिक कक्षा पढाई कार्यक्रम संयोजक कार्कीलाई आर्थिक पादर्शितालगायतका विषयमा लगाइएको आरोप रिसको आवेगमा बोलिएको बाहेक अन्य केहि नभएको समन्वय इकाई प्रमुख डाँगीले लिखित रुपमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम क्षेत्रीय कार्यालय नेपालगन्जलाई जानकारी गराएका छन्।

यसैगरि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखसँग समन्वय नै नगरि कार्यक्रम संचालन गरिनु आफ्नो कमजोरी भएको भन्दै अबका दिनमा आपसी समन्वय र सहकार्यमा कार्यक्रम संचालन गरिने प्रतिबद्धता लिखित रुपमा आफुले जनाएपछि विवाद टुङ्गिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम संयोजक रणबहादुर कार्कीले बताए।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको लागि शिक्षा समन्वय इकाई कार्यालयमै बजेट जाने र कार्यक्रम संयोजकको भुमिका सरोकारवालासँगको समन्वय, सहकार्य र प्राविधिक क्षेत्र हेर्ने बाहेक कुनैपनि किसिमको आर्थिक अख्तियारी नहुने राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख राम आचल यादवले बताए।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम र शिक्षा समन्वय इकाईबीच आपसी समन्वयको अभावमा भएको विवादका कारण जिल्लामा स्थगित भएका प्रारम्भिक कक्षा पढाई कार्यक्रमका तालिम सेमिनार अनुगमन निरिक्षणलगायतका कार्यक्रम दुई पक्षबीचको सहमतिसँगै संचालनमा आएका छन।

प्रकाशित: २० वैशाख २०७६ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App