१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल आर्थिक स्थायित्वको बाटोमाः अर्थमन्त्री

फाइल तस्बिर

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले नेपाल आर्थिक स्थायित्वको बाटोमा अघि बढेको बताएका छन्। फिजीको नादीमा आयोजना गरिएको एसियाली विकास बैंकको ५२औं बोर्डस अफ गभर्नरको वार्षिक बैठकमा बोल्दै उनले नेपाल लगातार तेस्रो वर्ष आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी हासिल गर्न सफल भएको बताए।

दक्षिण एसियाको आर्थिक विकासमार्फत जनताको कल्याण र समृद्धिका लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको अर्थमन्त्री खतिवडाको भनाइ छ। दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै गएको उनले बताए।

दक्षिण एसियाको आर्थिक वृद्धिका लागि अन्तरदेशीय सडक सञ्जाल र अन्तर–आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने सम्भावना रहेको उनको भनाइ छ। उनले लगातार उच्च आर्थिक वृद्धि हासिल गरिरहँदा व्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको उल्लेख गर्दै आगामी दिनमा उच्च आर्थिक वृद्धि र वाह्य क्षेत्रको सन्तुलनबीच सामन्जस्यता कायमगर्न सरकारले ध्यान पु-याउने बताए।

बैठकपछि अर्थमन्त्री खतिवडाले एसियाली विकास बैंक, युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीका उच्चपदस्थ अधिकारीसँग पनि छलफल गरे। उनले नेपालमा उच्च आर्थिक वृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न तथा संघीयताको सफल कार्यान्वयनका लागिक   ठूलो राशीको लगानी आवश्यक रहेको बताए। उनले नेपालमा लोकतान्त्रिक, स्थिर र पारदर्शी सरकार गठन भएकाले सहायताको पूर्ण सदुपयोग हुने बताए।

प्रकाशित: २० वैशाख २०७६ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App