१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योगद्वारा विद्यालयलाई १० लाख

वीरगन्ज - वीरगन्ज पथलैया करिडोरमा पर्ने रामपुर टोकनीस्थित जनता उच्च माध्यामिक विद्यालयमा अब प्राविधिक शिक्षा अध्यापन हुने भएको छ। करिडोरका दुई औद्योगिक समूहले ‘कर्पोरेट समाजिक उतरदायित्व’अन्तर्गत सो विद्यालयमा कृषितर्फ तीनवर्षे प्राविधिक शिक्षा सुरु गर्न पाँच–पाँच लाख रुपैयाँका दरले सहयोग गरेपछि यो सम्भव भएको हो।

‘विगतदेखि विद्यालयमा प्राविधिक शिक्षा थलानी गर्ने भनेर प्रक्रिया अगाडि बढाएका हौं, विद्यालयको बैंक खातामा ३० लाख जम्मा भएको अभिलेख देखाएपछि ‘सिटिइभिटी’ (काउन्सिल अफ टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ)ले अनुमति दिनका लागि निरीक्षण टोली पठाउने छ,’ प्रधानाध्यापक बलिराम सर्राफले भने, ‘हामीसँग विद्यालयको खातामा २० लाख थियो अपुग १० लाख रुपैयाँ सहयोगपछि अब काम अगाडि बढ्ने भयो।’

वीरगन्जस्थित चचान औद्योगिक समूहका तर्फबाट अध्यक्ष बाबुलाल चचानले आफ्नै कार्यालयमा पाँच लाखको चेक बिहीबार विद्यालयलाई हस्तान्तरण गरेका छन्। आफूहरुले प्राविधिक शिक्षाका क्षेत्रमा एउटा राम्रो शैक्षिक संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष चचानले बताए। बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण प्रसाद साहले विद्यालयमा प्राविधिक शिक्षा ल्याउन गाउँपालिकाबाट आफूहरुले भौतिक पूर्वाधार विकासमा काम गरिरहे पनि अपुग नगद रकम सहयोग पाएपछि अगाडि बढ्न सहज हुने बताए। अध्यक्ष साहकै पहलमा उक्त सहयोग जुटेको प्रधानाध्यापक सर्राफले बताए।

चचान समूहसँगै रुगँटा औद्योगिक समूहले रुँगटा वेलफेयर संस्थामार्फत अर्को पाँच लाख रुपैयाँ दिन लागेको छ। चचान समूहका प्रबन्ध निर्देशक सतिश चचानले विद्यालय भ्रमण गर्दा आफूहरु निकै प्रभावित भएको बताए। सो अवसरमा नारायणी सिमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द ठाकुरलगायतको उपस्थिति थियो।

प्रकाशित: २० वैशाख २०७६ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App