१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १/१ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

मूल्य वृद्धिसँगै पेट्रोलको १११ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको छ। 

इण्डियन आयल कर्पाेरेशनबाट पेट्रोलमा प्रतिलिटर ३.१० रुपैयाँ र डिजेलमा प्रतिलिटर २.५७ रुपैयाँ बढेर मूल्य सूची प्राप्त भएअनुसार नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।  

प्रकाशित: १९ वैशाख २०७६ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App