नगरपालिकाको खर्चमा रारा भ्रमणपछि जनप्रतिनिधि आलोचित

बुधबार, १८ बैशाख २०७६, १३ : ४६ सरिता श्रेष्ठ

धादिङ– जम्बोटोलीसहित रारा भ्रमणबाट फर्किएपछि नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि आलोचित बनेका छन्। मेयर, उपमेयर, कार्यपालिका सदस्य, १२ वटा वडाका अध्यक्षसहित ३० जना सात दिनको भम्रण गरी सोमबार फर्किएका हुन्। मेयर, उपमेयर नै भम्रणमा भएका बेला नगरपालिकाको प्रायः सबै काम रोकियो। वडाध्यक्षहरुले वडासदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए पनि सेवाग्राहीले वडाबाट सन्तोषजनक सेवा पाएनन्।

नीलकण्ठको जम्बो टोली बाँकेका कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र जुम्लाको चन्दननाथपुर नगरपालिका अवलोकनमा निस्किएका थियो। उनीहरु नगरपालिकाको बजेटबाट पाँच लाख रुपैयाँ छुट्याएर रारा पुगेका हुन्।

सवारी साधनको लस्कर नै लिएर मेयर, उपमेयर र वडाध्यक्ष नै भ्रमणमा गएपछि सेवा लिन नगरपालिका पुगेका सेवाग्राही त्यसै फर्किएका थिए। चार दिनअघि नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेलले अवलोकन भम्रणका लागि नगर परिषद्ले केही रकम छुट्याएको बताए। ‘विभिन्न स्थानीय तहको अवलोकन भम्रणका लागि परिषद्बाट केही बजेट छुट्याइएको छ’, उनले भने, ‘भ्रमणमा कति खर्च भयो, त्यो प्रतिवेदन पेस भएपछि थाहा हुन्छ।’

नगरपालिकाको नीतिगत विषयमा सधैं विवाद गर्ने मेयर, उपमेयर र वडाध्यक्ष रारा भ्रमणमा भने सँगै थिए।

नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको नेतृत्वमा उपमेयर मनराज भण्डारीसहित ११ वटै वडाका अध्यक्ष भ्रमणमा निस्किएका थिए। यता जनप्रतिनिधिहरु भ्रमणमा गएको थाहा नपाएर सेवा लिन आएका सेवाग्राही आफ्नो काम नहुँदा आक्रोशित बनेका थिए।

सामान्यतया रारा भ्रमण सकेर फर्कंदा एकजनाको कम्तीमा २५ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ। यसरी हिसाब गर्दा नगरपालिकाको ३० जनाको टोलीको खर्च ९ लाख हुन्छ। यो भम्रणमा कम्तीमा १२ लाख खर्च भएको अनुमान विज्ञहरुको छ। भम्रण टोलीले भने ७ लाख मात्र खर्च भएको दाबी गरेको छ। रोचक कुरा त के छ भने नगरपालिकाको नीतिगत विषयमा सधैं विवाद गर्ने मेयर, उपमेयर र वडाध्यक्ष रारा भ्रमणमा भने सँगै थिए।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad