१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला क्रिकेट लिग फेरि सर्‍यो

काठमाडौं – एनसिएल स्पोर्ट्स प्रालिको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति दोस्रो पटक पनि सरेको छ। पहिलो पटक फ्रेन्चाइज प्रणालीमा सञ्चालन गर्न लागिएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि आयोजक एनसिएल स्पोर्ट्स प्रालिले प्रतियोगिताको मिति दोस्रो पटक फेरबदल गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आगामी जेठ ६ देखि १३ सम्म सञ्चालन गर्ने भन्दै तय भएको मितिलाई आयोजकले परिवर्तन गरेको हो। ट्वान्टी–२० प्रणालीमा सञ्चालन गर्न लागेको प्रतियोगिताको मिति जेठ २४ देखि ३० सम्मलाई सरेको हो। प्रतियोगिता आयोजना गर्नका लागि यसअघि आयोजकले मार्की प्लेयरको घोषणासहित खेलाडीको अक्सनसमेत तय गरेको थियो। आयोजकले अक्सनसमेत गरेर तयारी अवस्थामा रहेको अवस्थामा समेत मैदान एवम अनुमतिलगायतको प्राविधिक कठिनाइका कारण मिति परिवर्तन गर्न परेको मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतियोगिताका लागि प्रत्येक टोलीले १३÷१३ खेलाडी खरिद गरिसकेका छन्। टोलीमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री, टोलीकी सदस्य सीता रानामगर, नेरी थापा, करुणा भण्डारी चार अलगअलग टोलीको मार्की खेलाडीका रूपमा यसअघि नै अनुबन्धित गरिसकिएको छ।

प्रकाशित: १८ वैशाख २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App