१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रिहालगत्तै पार्टी परित्याग गरेका विप्लव कार्यकर्ताले भने, 'अब यसमा लाग्दिनँ'

भोजपुर - विप्लव समूहका दुई कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन्। भैँसीपङ्खाका दीपचन्द्र राई र रमेश राईले रिहा भएसँगै आज पार्टी परित्याग गरेका हुन्।

विप्लव समूहमा संलग्न भई विभिन्न गैरकानुनी क्रियाकलापमा लागेको भन्दै दुवै जनालाई प्रहरीले गत चैत २३ गते पक्राउ गरेको थियो। हिरासतमा रहेका दुवैलाई जिल्ला प्रशासन कार्यालयले छ हजार रूपैयाँ धरौटीमा छाडेकाे हाे।

प्रेस विज्ञप्तिमार्फत आफूहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उनीहरूले बताएका छन्। विज्ञप्तिमा विगतका गतिविधिप्रति आत्मसमीक्षा गर्दै उप्रान्त विप्लव समूहमा कुनै किसिमको आबद्धता नरहने उल्लेख छ।

प्रतिबद्धताविपरीत गतिविधि गरेमा कानुनअनुसार सजाय भोग्न तयार भएको पनि विज्ञप्तिमा उल्लेख छ। दुवैलाई साधारण तारिखमा रिहा गरिएको प्रजिअ नुरहरि खतिवडाले जानकारी दिए।

प्रकाशित: १७ वैशाख २०७६ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App