१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध राप्रपा (संयुक्त)को प्रदर्शन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)सँग आवद्ध विद्यार्थी तथा युवाहरूले केपी ओली सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

सरकारले सुनियोजित र नीतिगतरूपमै भ्रष्टाचार संस्थागत गर्दासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको भन्दै उनीहरूले विरोधस्वरूप सोमबार अख्तियार परिसरअगाडि प्रदर्शन गरेका थिए। सो क्रममा उनीहरूले भ्रष्टाचारको विरोध गर्दे अख्तियार प्रवक्ता प्रदीप कोइरालालाई ज्ञापनपत्र पनि बुझाएका थिए। ज्ञापनपत्रमा सत्तापक्ष र प्रतिपक्षको राष्ट्रिय सहमति रहेको वाइड वडी प्रकरण, बालुवाटार जग्गा काण्डलगायतका अनियमिततामा कारबाही गर्न माग गरिएको छ।

उनीहरूले नक्साल गहना पोखरीदेखि अख्तियार परिसरसम्म नारा जुलुस गरेका थिए।

प्रकाशित: १७ वैशाख २०७६ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App