१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोलकाताको प्लेअफ सम्भावना जीवित

दिल्ली - आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनप्रेरित कोलकाता नाइट राइडर्सले आइतबार मुम्बई इन्डियन्सलाई  ३४ रनले निराश पार्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ प्रवेश सम्भावना जीवित राखेको छ।

यस जितपछि १२ खेलमा १० अंक जोडेको कोलकाता पाँचाैं स्थानमा उक्लिएको हो। मुम्बई १४ अंकका साथ तेस्रो स्थानमा यथावत् छ। १२ खेलमा १६ अंक जोडेको दिल्ली समान खेलमा समान १६ अंक जोडेको चेन्नई सुपर किङ्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा छ। जारी सिजन अहिलेसम्म दिल्ली प्लेअफमा स्थान बनाउने एक मात्र टोली हो। सनराइजर्स हैदराबाद, किङ्स इलेभेन पन्जाब र  राजस्थान रोयल्स समान १० अंकका साथ क्रमशः चौथो, छैटाैं र साताैं स्थानमा छन्। ८ अंकका साथ बैंगलोर आठाैं स्थानमा छ।

कोलकाताले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  १ सय ९८ रन मात्र जोड्न सक्यो। मुम्बईका हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गर्दै ९१ रन जोडे पनि टोलीको हार टार्न सकेनन्। हार्दिकले ३४ बलमा ६ चौका र ९ चौका प्रहार गरेका थिए। हार्दिकले कुनाल पाण्ड्यासँग  सातांै विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए।  कुनालले १८ बलमा २ छक्काको मद्दतमा २४ रन जोडे। त्यस्तै सूर्यकुमार यादवले २६ र किरोन पोलार्डले २० रनको योगदान गरे।

कोलकाताका  रसेल, सुनील नारेन र ह्यारी गर्नीले समान २ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३२ रनको विशाल योगफल तयार पारेको थियो। यो कुनै पनि टोलीले जारी सिजन तयार पारेको सर्वाधिक योगफल हो। कोलकातालाई विशाल योगफलतर्फ डोे¥याउन तीन खेलाडीले अर्धशतक पूरा गरेका थिए। यस क्रममा रसेलले ४० बलमा ६ चौका र ८ चौकाको मद्दतमा अविजित ८० रनको योगदान गरेका थिए। रसेलले दोस्रो विकेटका लागि ओपनर सुबमन गिलसँग ६२ र तेस्रो विकेटका लागि कप्तान दिनेश कार्तिकसँग अविजित ७४ रनको साझेदारी गरेका थिए। कार्तिकले ७ बलमा १ चौका र १ छक्काको मद्दतमा अविजित १५ रन जोडे।

पहिलो विकेटका लागि गिल र क्रिस लेनले ९६ रनको साझेदारी गर्दै कोलकातालाई उत्कृष्ट सुरुआत दिलाएका थिए। गिलले ४५ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ७६ रनको योगदान दिँदा २९ बलको सामना गरेका लेनले ८ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडेका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३२ रनको विशाल योगफल तयार पारेको थियो।

प्रकाशित: १७ वैशाख २०७६ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App