१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

६ ठाउँमा एनआइसी एसिया बैंक थपियो

काठमाडौं– ग्रामीण तथा दुर्गम स्थानमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा एनआइसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र चार र रौतहत जिल्लामा एक गरी पाँचवटा नयाँ शाखा खोलेको छ। त्यसैगरी, एउटा शाखारहित बैंकिङ एकाइ पनि आइतबारै उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकले काठमाडौं उपत्यकाको बालुवाटार र चावहिल तथा नागार्जुन नगरपालिकाको ठूलो भ-याङ र रामकोटमा शाखा खोलेको बैंकले जनाएको छ। बालुवाटार शाखाको उद्घाटन प्रदेश नं ३ का सांसद नारायण सिलवाल, ठूलो भ-याङको बैंकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावल, रामकोटको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख सुवास जोशी र चाबहिलको शाखा काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष शुद्धकुमार डंगोलले उद्घाटन गरेको बैंकले जनाएको छ। रौतहतको गुजरा नगरपालिका वडा नं. ९, सिमरा भवानीपुर शाखाको उद्घाटन उक्त नगरपालिकाका उपप्रमुख श्रीमती रौसन खातुनले गरेकी थिइन्। रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नं. ४, गरगर्रेमा खोलेको २४औं शाखारहित एकाइको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गरेका थिए। उक्त शाखारहित सेवाको प्रतिनिधि लालबहादुर थापालाई नियुक्त गरिएको बैंकले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७६ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App