‘यसकारण मैले हेलम्बु रोजेँ’

सोमबार, १६ बैशाख २०७६, ०९ : ४९ नागरिक

नेपाल रिपब्लिक मिडियाको १०औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ११ गते सम्मानित तीन ‘नागरिक नायक’ मध्ये एक हुन्, काभ्रेका शिक्षक पूर्णबहादुर गौतम। संस्कृतिविद् सत्यमोहन जोशी, जनकपुरका सामाजिक अभियन्ता पवन सिंघानियासँगै १ लाख रुपैयाँ पुरस्कारसहित उनलाई नागरिक नायकको सम्मान दिइएको हो।

आफ्नो सुखसयल छाडेर सिन्धुपाल्चोकको मेलम्चीघ्याङ आएर विद्यालय स्थापना गरी अध्ययनबाट वञ्चित बालबालिकामा शिक्षाको ज्योति फैलाउने अभियन्ता हुन्, शिक्षक गौतम। सिन्धुपाल्चोकको हेलम्बुमा खोलिएको मेलम्चीघ्याङ माविमा उनी स्थापनाकालदेखि अर्थात् ३४ वर्षदेखि प्रधानाध्यापक छन्। जुन विद्यालय सुरुवात  तथा सञ्चालन गर्न उनले थुप्रै चुनौती सामना गरेका छन्। यस विषयमा नेपाल रिपब्लिक मिडियाको अंग्रेजी प्रकाशन रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले उनीसँग कुराकानी गरेका छन्। यसपटक प्रस्तुत छ– उनीसँग गरिएको संवादको सम्पादित अंशः   

इन्जिनियरिङ पढ्न भर्ना भइसकेको एउटा ठिटोलाई के कुराले तान्यो र आफ्नो पढाइ नै छाडेर हेलम्बुमै बस्ने निर्णय गर्नुभयो ?
साथीहरूले त्यहाँको संस्कृति, परम्परा र सुन्दरताका बारेमा सुनाउँदै एकपटक त्यहाँ जाउँ भन्नुभयो। यता मेरो पढाइ सुरु पनि भएको थिएन। जाडो बिदाजस्तै थियो। त्यसैले पढाइ सुरु भएपछि जान पाइँदैन भनेर साथीसँग घुम्न गएँ। घुम्दै मेलम्चीघ्याङ पुग्दा त्यहाँ साना नानीहरू, भाइबैनीहरू नजिक हुन चाहेनन्। उनीहरू हामीलाई देखेर भागे। साना बच्चाबच्ची त्यसरी किन भागे भनेर साथीहरूले नेपाली भाषा बुझ्ने त्यहाँका बूढापाकासँग सोध्दा उनीहरूलाई नेपाली नै आउँदैन, तपाईँहरूले नेपालीमा सोधेको प्रश्नको जवाफ दिन सक्दैनन्, त्यसैले भागेका होलान् भन्ने उत्तर आयो। त्यो कुराले मलाई निकै नरमाइलो लाग्यो। काठमाडौँबाट धेरै नजिक ठाउँमा एउटा नेपाली नेपालीलाई नै देखेर भागिरहेको छ, त्यो कुरा मलाई धेरै नरमाइलो लाग्यो।

त्यहाँको समुदायका अगुवा बुवाहरू हुनुहुन्थ्यो, उहाँहरूले धेरै वर्षदेखि विद्यालय स्थापना गर्न खोज्नुभएको रहेछ, मलाई भेटेपछि विद्यालय स्थापनाका लागि शिक्षक खोजिरहेका छौँ भन्नुभयो। उहाँहरूले मलाई आग्रह गर्दै तपाईँसँग समय छ भने विद्यालय खोलिदिन सघाउनुप¥यो भनेर आग्रह गर्नुभयो। त्यसपछि उहाँहरूसँग मेरो प्रस्ताव थियो– मलाई खान र बस्न दिनुपर्छ।  उहाँहरूले खान र बस्ने दिने तर विद्यालय खोलिदिनैपर्ने बताउनुभयो। त्यसपछि मैले आउँछु भनेर प्रतिवद्धता जनाएँ तर एकपटक घर पुगेर बुवा आमा र परिवारको स्वीकृति लिनुपर्छ भनेँ र फर्किएँ। घरमा जाँदा आमाले जीवन बिग्रन्छ नजा भन्नुभयो, बुवाले तिमीहरूको जीवन हो भविष्य नबिगार भन्नुभयो। दाइहरूले पनि गाली गर्नुभयो। तर मैले आउँछु भनेर भनिसकेकाले जानुपर्छ भनेँ। मेरो जिद्दीको अगाडि बुवाआमाको केही लागेन, म हेलम्बु फर्किएँ र विद्यालय स्थापना गरेँ। जुन घरको भित्रपट्टि मलाई बस्न दिइएको थियो, त्यसैको बाहिर कौसीमा मैले विद्यालय सुरु गरेँ। अहिले पनि म त्यहीँ छु।

तपाईँले २०५२ सालदेखि उक्त विद्यालयलाई अंग्रेजी माध्यमको मात्र बनाउनु भएन उत्कृष्ट नतिजा ल्याउने स्कुलका रूपमा स्थापित गर्नुभयो, यो कसरी सम्भव हुँदो रहेछ ?
हामी शिक्षकहरूमा शिक्षण गर्ने सीप निकै छ। नेपाल सरकारले शिक्षाका लागि धेरै तालिम दिएको छ। मैले शिक्षक साथीहरूमा इच्छाशक्तिको मात्र कमी देखेको छु। अर्काे एउटा कुरा के सोच्नुप¥यो भने हामी शिक्षकहरू जागिरे होइनौँ, हामी सेवक हौँ, भाइबहिनीको सुन्दर भविष्य बनाउन नेपाल सरकारले तलब दिएर हामीलाई खटाएको छ। त्यसकारण हामीले सेवाको भावनाले काम गर्नुपर्छ। यस्तो इच्छाशक्ति हामी शिक्षकहरूमा भयो भने अवश्य पनि सम्भव हुन्छ।

तपाईँले विद्यालयमा सस्तो मूल्यमा खान सकिने गरी छात्रावास पनि व्यवस्था गर्नुभएको छ, यो कसरी सम्भव भयो ?
हाम्रो छात्रावासमा अहिले २ सय ५२ भाइबहिनी बस्छन्। पूर्वदेखि पश्चिमसम्मका भाइबहिनी छन्। काठमाडौँबाट समेत धेरै भाइबहिनी आएका छन्। शैक्षिक अवसरका लागि सहरबाट उनीहरू पहाड उक्लेका छन्। विद्यालयले कुनै फाइदा लिएको छैन। एक महिनामा मेसको हिसाब हुन्छ, हामीले दैनिक ४ छाक खाना खुवाउँछौँ। महिनामा दुईपटक मासु खुवाउने गरेका छौँ। हाम्रोमा काटमार हुँदैन किनभने यो बौद्धमार्गी क्षेत्र हो। तीन जना भान्सेमसमेत गरेर छात्रावासका लागि ८ कर्मचारी छन्। उनीहरूलाई दिने पारिश्रमिकसमेत जोड्दा दैनिक ९० रुपैयाँ र महिनामा २५ सयदेखि २७ सय रुपैयाँसम्म मात्र खर्च हुन्छ।  

सन् १९९८ मा साथीभाइको निमन्त्रणामा तपाईँ जर्मनी पनि गएका जानुभएको थियो रे त्यतिबेला यहाँलाई अवसर र सुविधासहित त्यहीँ बस्न आग्रह पनि गरिएको रहेछ। तर पनि यहाँ आउन के कुराले प्रेरित ग-यो ?

म इन्जिनियरिङ पढाइ छोडेर हेलम्बु गएको थिएँ, कारण मलाई त्यहाँको प्रकृतिले पनि तानेको थियो। निश्छल बालबालिकाहरूका कारण पनि म त्यहाँ गएको थिएँ।  म बिदा मनाउन साथीले बोलाएकाले जर्मन गएको थिएँ। मैले गुम्बाको घरमा पढाइरहेका बेला उहाँहरू चारजना टे«किङ गर्दै त्यहाँ आइपुग्नुभएको थियो। उहाँहरूले मैले पढाइरहेको ठाउँमा हामी आउन सक्छौँ भनेर सोध्नुभयो। त्यहाँ आएर छलफल भयो, उहाँहरूलाई मैले गरिरहेको काम मन परेछ। मलाई जर्मन बोलाउनुभयो। म त्यहाँ गएँ। जाडो बिदाको समय थियो, एक महिनाभन्दा बढी त्यहाँ बस्दा उहाँहरूले ६ महिनामा यहाँको नागरिकता बन्छ तपाईँ नफर्कनुस् भन्नुभयो। उहाँहरूले आफूसँग बिएमडब्ल्यू कार र बंगला पनि छ यतै बस्नुस् भन्नुभयो। मैले तत्कालै जवाफ दिएँ– ‘म यहाँ बस्न सक्दिनँ बरु म एक्लो शिक्षक छु, केही शिक्षकको तलब र विद्यार्थी भाइबहिनीका लागि पोसाक खरिद गर्न सहयोग गर्नुभयो भने म फर्केर हजारौँ भाइबहिनीलाई बिएमडब्लयू कार खरिद गर्ने बनाउनु छ, शिक्षा नभए त्यो सकिँदैन।’
त्यसपछि म फर्किएर आएँ। म फर्किनुभन्दा केही दिनपहिले उहाँहरूले आर्थिक संकलनसम्बन्धी कार्यक्रम आयोजना गर्नुभयो। त्यस कार्यक्रममा मलाई नाच्न आग्रह गरियो, म नाचेँ पनि। त्यहाँबाट उठेको पैसाले यहाँ आएर अंग्रेजी राम्रो भएको दुई शिक्षक नियुक्ति गरेँ। भाइबहिनीका लागि राम्रो ड्रेस लगिदिएँ, चौँरी गोठमा बस्ने सबै भाइबहिनी पढ्न आए। त्यसले एउटा ठूलो संस्थाको रूप धारण ग¥यो र अहिलेसमम चलिरहेको छ।  
अबको तपाईँको सपना के छ ?
यदि भूकम्प नआइदिएको भए हामीसँग अति सुन्दर भवन र कोठाहरू हुन्थे। हामीले गरिबभन्दा गरिब परिवारका बालबालिकालाई पनि निजी (बोर्डिङ) विद्यालयमा जस्तै शिक्षा दिनुपर्छ भनेर सुरु गरेका थियौँ यो स्कुल। मेलम्चिघ्याङ टाढा नभएकाले सबै आउन सक्छन् भनेर मैले मेलम्ची पुल बजारमा शाखा खोल्ने र आर्थिक अवस्था कमजोर हुनेहरूलाई विज्ञान संकायमा ११ र १२ कक्षा निःशुल्क सञ्चालन गर्ने र स्नातक तह पनि सुरु गर्नुपर्छ भनेर कामको अग्रसरता लिइसकेको थिएँ। भूकम्प आयो र हाम्रा संरचनाहरू सबै भत्किए। त्यसैले त्यो काम अघि बढ्न सकेन। अहिले भवनहरू बन्दैछन्,  होस्टलहरू बन्दैछन्। त्यसपछि विज्ञान संकायमा ११ र १२ त्यहीँ सञ्चालन गर्ने लक्ष्य छ।  






यसमा तपाईको मत

अन्य समाचार

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

सामसङले  ग्यालेक्सी S10/S10 + तथा सामसङ ग्यालेक्सी Note10/ Note 10+ मा विशेष छुटको अफर ल्याएको छ । ...

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad