१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ग्लोबलको साइन्स कलेज उद्घाटन

काठमाडौं – ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायअन्तर्गत प्लस टुको अध्ययनअध्यापन थालेको छ। ग्लोबल कलेज अफ मेनेजमेन्टलगायत दर्जनौं प्रतिष्ठित शैक्षिक संस्थाहरुको सञ्चालन गरिसकेको ग्लोवल ग्रुप गुणस्तरीय शैक्षिक संस्थाहरु सञ्चालन गर्ने ग्रुपको रुपमा समेत परिचित छ।

प्लस टुको उद्घाटन समारोहमा बोल्दै प्राडा उदयराज खनालले विज्ञान विषयको शैक्षिक केन्द्रका रूपमा ग्लोबल स्कुल अफ साइन्सको स्थापना हुनु सुखद रहेको बताए। उनले ‘उच्च शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको ग्लोव ग्रुपले सञ्चालन गर्ने यस स्कुलले विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु-याउन सक्ने जनशक्ती उत्पादन गर्ने’ विश्वास व्यक्त गरे। अर्का वक्ता स्कुलका प्राचार्य अम्बादत्त जोशीले ग्लोवब स्कुल अफ साइन्सलाई उत्कृष्ट विज्ञान शिक्षणको थलो बनाइने बताए। स्कुलका शैक्षिक सल्लाहकार प्राडा शेखर गुरुङले बदलिँदो युग र आवश्यकता अनुसार विज्ञान शिक्षणमा जोड दिनुपर्ने बताउँदै विज्ञान आफैंमा प्रयोगपरक विषय रहेको र ग्लोबल स्कुल अफ साइन्सले पनि प्रयोग र अनुसन्धानलाई नै उच्च प्राथमिकतामा राख्ने बताए।

उद्घाटन समारोहमा स्कुलले वरिष्ठ वैज्ञानिक डा. महावीर पुनद्वारा स्थापित राष्ट्रिय अनुसन्धान केन्द्रसँग शैक्षिक तथा वैज्ञानिक क्षेत्रमा परामर्श र सहकार्य गर्नका लागि दुईपक्षीय सम्झौता गरिसकेको जानकारी दिइएको थियो। स्कुलका अनुसार यसै शैक्षिक सत्र २०७६ देखि कक्षा ११ र १२ मा विज्ञान विषयको अध्ययनअध्यापन सुरु गरिनेछ।

 

प्रकाशित: १६ वैशाख २०७६ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App