१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै : उपप्रधानमन्त्री यादव

राजविराज–उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै रहेको बताएका छन्। सघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले आइतबार एक कार्यक्रममा बोल्दै संघीय गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाउन अहिले पनि विभिन्न शक्ति केन्द्रहरू सक्रिय रहेको खुलासा गरे।

समाजवादी प्राध्यापक संघको राष्ट्रिय अधिवेशनको उद्घाटन सभामा उपप्रधानमन्त्री यादवले संघीयतालाई नेतृत्व प्रदान गरिरहेका कतिपय राजनीतिक शक्तिहरू पनि संघीय गणतन्त्रात्मक व्यवस्थालाई संकटमा पार्ने मनसायका साथ काम गरिरहेको आरोप लगाए।

‘संघीयता हाक्नेहरू नै यसलाई दुर्घटना गराउन खोज्दै छन्’, यादवले भने, ‘कुनै पनि गाडीको चालकनै उक्त गाडीलाई दुर्घटना गराउने मनसायका साथ यात्रामा निस्कियो भने त्यो गाडी र त्यसमा सवार यात्रुहरूको भविष्य कस्तो होला?’

राणाकालीन तथा राजतन्त्रात्मक सोच अझै पनि कतिपय व्यक्तिहरूको मस्तिष्कबाट निस्कन नसकेको बताउँदै उनले भने, ‘एकात्मक सोच, एकल जातीय वर्चश्वलगायतका कुण्ठा पनि राज्यव्यवस्थाभित्र कायमै रहेको अवस्था छ, यिनै मानसिकताहरूका कारण अझै पनि संघीयता, गणतन्त्र जस्ता परिवर्तनमाथि संकट उत्पन्न गराउने खेल भइरहेको छ।’

केही शक्तिहरू आफूमाथि पनि दोष नजाओस् र संघीयता, गणतन्त्रजस्ता परिवर्तनहरू पनि संस्थागत नहोउन भन्ने मानसिकताका साथ काम गरिरहेको यादवको भनाइ थियो।

उपप्रधानमन्त्री यादवले आइतबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा नरसिङ कलेजके शिलान्याससमेत गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित यादवले आफ्नो संसदीय क्षेत्रको विकासका लागि प्राप्त तीन करौड बजेटबाट उक्त नरसिंङ कलेज निर्माण गर्न लागेका हुन्। 

प्रकाशित: १५ वैशाख २०७६ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App