१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका

ललितपुर-  ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरीद गर्ने भएको छ।

महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि बु्रमर खरीद प्रक्रिया अघि बढाइएको हो। ब्रमुर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले स्विजरल्याण्डमा बनेको ब्रुमर खरीद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए।

ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा बु्रमर पर्याप्त हुने उहाँले बताए। उनले भने, “नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर पर्याप्त हुनेछ।” महानगरपालिकाले खरीद गर्न लागेको बु्रमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए।

ललितपुर महानगरपालिकामा अहिले एउटा सानो बु्रमर भए पनि सञ्चालनमा नभएको उनले बताए। उनले भने, “अहिले हामीसँग भएको पुरानो प्रविधिको बु्रमरले धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन।” महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ।

 

प्रकाशित: १५ वैशाख २०७६ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App