१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्याङ्बाले जिते पुरुष खुला दौडको उपाधि

रसुवा– रसुवाको कालिका गाउँपालिकामा सञ्चालन गरिएको ४० वर्ष माथिको पुरुष खुला दौड प्रतियोगिताको उपाधि पासाङ छिरिङ स्याङ्बाले हात पारेका छन्। 

प्रतियोगितामा ज्याङ्जु लामा द्वित्तीय, हरि पौडेल तृतीय र अर्जुन प्रसाद लामिछानेले सान्त्वना स्थान हासिल गरेका छन्। दौडको दूरी १ हजार मिटर रहेको आयोजक कालिका युवा क्लबका अध्यक्ष सुजन न्यौपानेले बताए।

प्रतियोगितामा २४ जनाको सहभागिता रहेको थियो। खेलको माध्यमबाट मनोरञ्जन दिनका लागि प्रतियोगिता सञ्चालन गरिएको हो। प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। 

क्लबले प्रथम कालिका कप जिल्ला स्तरीय खुला भलिबल प्रतियोगिता तथा ४० वर्ष माथिको पुरुष खुला दौड प्रतियोगिता सञ्चालन गरेको हो। 

त्यसैगरी भलिबल तर्फ नौकुण्ड युवा क्लव पहिलो, आयोजक कालिका युवा क्लव दोस्रो र आरुखर्क युवा क्लव तेस्रो भएको छ। पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद सहित शिल, मेडल र प्रमाणपत्र दिइएको आयोजकले जनाएको छ। 

प्रकाशित: १५ वैशाख २०७६ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App