१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतीय राष्ट्रपति भ्रमणको सुरक्षा तयारी बुझ्न टोली पोखरामा

सुरक्षा अवस्था बुझ्न शुक्रबार पोखरा आएको सुरक्षा अधिकारीको टिम। तस्बिरः सन्तोष पोखरेल

पोखरा-भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणका क्रममा पर्यटकीय नगर पोखरा आउने भएपछि यहाँ तयारी सुरु भएको छ। मुखर्जीको भ्रमण बेलाको सुरक्षा अवस्था बुझ्नका लागि सुरक्षा अधिकारी सहितको ‘एडभान्स’ टोली शुक्रबार पोखरा आएको छ।

भारतीय राष्ट्रपति कात्तिक १७ गते नेपाल आउने र त्यही क्रममा पोखरा आउनेछन्। पोखरा भ्रमणलाई व्यवस्थापन र सुरक्षित बनाउन शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा सुरक्षा अधिकारी सहितको टोली पोखरा आएको थियो। टोलीमा भारतीय दुतावासका पदाधिकारी सहित गृहमन्त्रालयका उच्च अधिकारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका निकायका उच्च पदाधिकारी सहभागि थिए।

कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले भारतीय राष्ट्रपति पोखरा आउने भएपछि सुरक्षा निकायको टोली ‘रेकी’ गर्न आएको बताए । ‘रेकी’ गर्नका लागि टोलि आएको हो । दिनभर पोखरा भित्रका विभिन्न ठाउँको भ्रमण पछि टोली हेलिकोप्टरमै फर्कियो,’ अर्यालले भने। सुरक्षा अधिकारीका अनुसार टोलीले पोखरास्थित पेन्सन क्याम्प, लेकसाइड र पाँचतारे होटल पोखरा ग्राण्डको भ्रमण गरेको थियो।

 

 

प्रकाशित: ५ कार्तिक २०७३ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App