१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तस्कर समूह सक्रिय

तस्कर समूहले भन्सार छली गरी नेपाली बजारमा ल्याउँदै गर्दा बारा प्रहरीले पक्राउ गरेको तस्करीको मालवस्तुसहित पिकअप भ्यान। तस्बिर: नागरिक

बारा - अवैध तरिकाले नेपाल भित्र्याइँदै गर्दा ठूला परिमाणका मालवस्तु बरामद हुने क्रम ह्वात्तै बढेको छ। भारतसँग खुला सिमानाको फाइदा उठाउँदै तस्करीमा संलग्न हुनेहरूले दिनदिनै ठूलो परिमाणमा भन्सार छलीको मालवस्तु नेपाली बजारमा भित्र्याउने गरेका छन्।

इलाका प्रहरी कार्यालय सिम्रौनगढले केही दिनपहिले पटकपटक गरी १२ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको मालवस्तु थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ। सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले भारतसँग जोडिएको खुला नाकाबाट तस्कर समूहहरूले मोटरसाइकल प्रयोग गरी अवैध मालवस्तु नेपाल भित्र्याउने गरेको बताए।

ती मोटरसाइकलसहित वीरगन्ज भन्सार कार्यालयमा थप कारबाहीका लागि पठाइएको मालवस्तुमा रेडिमेड कपडा, कस्मेटिक मामग्री, जुत्ताचप्पल, किराना समान, हार्डवेयरका सामानलगायत रहेको र त्यसको मूल्य ८ लाख रुपैयाँभन्दा बढी रहेको उनको भनाइ छ। वैशाख ४ गते दुईवटा ट्याक्टरको टेलरमुनि लुकाएर भारतबाट नेपाल भिœयाइँदै गरेको अवैध कपडासहित ट्याक्टरलाई सशस्त्र प्रहरी बलको बिओपी बरैनियाले नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाँलको नेतृत्वमा रहेका टोलीले ना१त ७७६० र ना४त ३३२८ नम्बरको ट्याक्टरको टेलरमुनी लुकाइ नेपाल भिœयाउँदै गरेको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। त्यसमा एक सय ६० थान सुट, सर्टको कपडा २० रोल, ४६ थान सुटिङको कपडा रहेको सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाँलले बताए। खुडिया टोलमा चेकजाँचका क्रममा बरामद कपडाको बजार मूल्य १० लाख ७६ हजारको रहेको उनको भनाइ छ। ट्याक्टरलाई थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको उनले बताए।

चैत तेस्रो साता इलाका प्रहरी कार्यालय जितपुरले एउटा ट्रक नियन्त्रण लिई चेकजाँच गर्दा त्यसबाट ठूलो परिमाणमा भन्सार छली गरेको अवैध कपडा बरामद ग¥यो। वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ७९८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा त्यसबाट भन्सार छली गरि भिœयाइएको २२ पोका कपडा भेटिएको प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सागर राणाले बताए। ठूलो परिमाणमा अवैध कपडा लिएर ट्रक काठमाडौं जाँदै गरेको सूचना वीरगन्जमा नयाँ सञ्चालनमा आएको एकीकृत जाँच चौकी (आइसिपी) बाट पाइएलगत्तै ती ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा त्यसबाट लगभग ४० लाख मूल्य बराबरको कपडा बरामत भएको उनको भनाइ छ। बरामद कपडा चेकजाँच गर्दा भन्सार तिरेको कुनै पनि कागजपत्र फेला नपरेपछि थप कारबाहीको राजस्व अनुसन्धान एकाइ कार्यालय पथलैयामा ट्रकसहित कपडा पठाइएको राणाले बताए।

एक महिनाको अन्तरालमा भन्सार छलेर तस्कर समूहले नेपाल भिœयाउँदा सुरक्षाकर्मीद्वारा बरामद गरिुउका उल्लिखित मालवस्तु उदाहरण मात्र हुन्। भारतसँग सीमाना जोडिएका नाकाहरू, वीरगन्ज भन्सार र एकीकृत जाँच चौकीहरूबाट तस्कर समूहहरूले ठूलो परिमाणमा तस्करीका मालवस्तुलाई नेपाली बजारमा भिœयाउँदै आएका छन्।

प्रकाशित: १५ वैशाख २०७६ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App