१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रबाफिलोे जितबाट लिभरपुल फेरि शीर्षमा

लन्डन – हडर्सफिल्डमाथि शुक्रबार ५–० को रबाफिलो जित हात पार्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले टोलीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

नाभी केइटाको गोलमा क्लोपको टोलीले प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो गोलको कीर्तिमान समेत रचेको छ। केइटाले घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलको १५ सेकेन्डमा बललाई जाली चुमाएसँगै लिभरपुलले खेलमा अग्रता बनाएको थियो। साडियो माने र मोहम्मद सालाहले समान दुई गोल गरेसँगै लिभरपुलले प्रभावशाली जितका साथ प्रिमियर लिगको शीर्ष स्थानमा पुनरागमन गरेको हो।

साथै लिभरपुलले शीर्षताको होडमा रहेको साबिकको विजेता म्यानचेस्टर सिटीलाई समेत गतिलो जबाफ फर्काएको छ। सिटी बुधबार म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडमाथि २–० जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको थियो।
यद्यपि सिटीले लिभरपुलभन्दा एक खेल कम खेलेको छ। सिटीले बर्नलीमाथि सुखद नतिजा हात पारेमा पुुनः शीर्ष स्थानमा फर्किनेछ।

यस नतिजापछि ३६ खेलमा ९१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको सिटी ८९ अंकका साथ दोस्रो स्थानमा छ।  ‘हामी अहिलेसम्म जोडेको अंकका लागि खुसी छाैं र हामी अब अर्को खेलमा केन्द्रित छौं,’ क्लोपले भने, ‘हामीले लिएको रणनीति सफल भइरहेको छ र हामी अबका दुई खेलमा पनि शतप्रतिशत नतिजा हात पार्दै उपाधि जित्न चाहन्छाै।’

‘पक्कै पनि हाम्रा खेलाडीले निरन्तर स्वाभाविक लयको प्रदर्शन गरिरहेका छन्,’ क्लोपले थपे, ‘आजको रबाफिलो नतिजाले पनि त्यो प्रमाणित गर्छ।’ यो लिभरपुलले जारी सिजन सबैखाले प्रतियोगितामा हात पारेको लगातार १०औं जित हो। लिभरपुलले २००६ मेमा लगातार ११ खेलमा जित हात पारेको थियो।

‘हामी सिजनको अन्तिम क्षणमा छांै र हाम्रा लागि अबका प्रत्येक खेल फाइनलसरह छ,’क्लोपले भने, ‘खेलको १५औं सेकेन्डमै नाभी केइटाको गोलमा अग्रता बनाउन सफल भयांै। केइटा उत्कृष्ट मिडफिल्डर हुन्।’ १५औं सेकेन्डमा केइटाको गोलमा अग्रता लिएको लिभरपुलको अग्रता २३औं मिनेटमा साडियो मानेले दोब्बर पारेका थिए। पहिलो हाफको अन्तिम मिनेटमा सालाहले लिभरपुलको अग्रता ३–० मा पु-याएका थिए।

दोस्रो हाफमा थप २ गोल गरेसँगै लिभरपुलले सहज जित हात पारेको हो। ६६औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै लिभरपुलको अग्रता थप बढाएका थिए। खेल सकिन ७ मिनेट बाँकी हुँदा  सालाहले दोस्रो गोल पूरा गर्दै लिभरपुलाई ५–० को जित दिलाए।

नाभी केइटाको गोलमा लिभरपुलले प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो गोलको कीर्तिमान रचेको छ। केइटाले घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलको १५ सेकेन्डमा बललाई जाली चुमाएका थिए।

प्रकाशित: १५ वैशाख २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App