इंगल्याण्ड र नेपालको राष्ट्रिय टिमबीच फुटबल हुने

शनिबार, १४ बैशाख २०७६, १८ : ५६ चिरन शर्मा  | @chiranuk

लण्डन- लन्डनस्थित नेपाली दूतावास तथा यूके नेपाल फ्रेंडशिप सोसाइटीको संयुक्त आयोजनामा शुक्रबार दूतावासमा नेपाल लगानी सम्मेलन शृंखला अन्तर्गत छैठौं कार्यक्रम आयोजना गरियो। सम्मेलनमा नेपालमा व्यापार तथा पर्यटन प्रवर्धनमा जोड दिइएको थियो। 

कार्यक्रममा इंगल्याण्ड फुटबल एसोसियसनको न्यास्नल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले आउँदो वर्ष ३० मे २०२० मा इंगल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने घोषणा गरे।

समारोहका प्रमुख अतिथि तथा लन्डनका लर्ड मेयर पिटर एस्लिनले  विश्वकै अग्ला हिम चुचुराहरुका साथै अत्यन्त मिलनसार मानिसहरु बसोबास गर्ने नेपाल ब्रिटेनको एउटा निकट मित्र राष्ट्र भएको बताए। उनले एस अघि आफुले २ पटक नेपालको भ्रमण गरिसकेको र आउँदो सेप्टेम्बर महिनामा फेरी नेपालको भ्रमणमा जान लागेको बताए। नेपालमा जल विद्युत, पूर्वाधार तथा फोहर व्यबस्थापन लगाएतका क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ता हरु इच्छुक रहेको बताए। ब्रिटेनले नेपालको आर्थिक समृद्धिमा सघाउन जारी राख्नेमा पनि उनले जोड दिए।

सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन र नेपालबीच कायम ऐतिहासिक सम्वन्ध जनस्तरमा पनि बलियो बन्दै गएको बताए। उनले राजनीतिक स्थिरताका कारण पनि वैदेशिक लगानीका लागि नेपाल एउटा आकर्षक गन्तव्य बनेको र गत मार्च महिनामा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले लगानीकर्ताहरुका लागि उत्साहको वातावरण सिर्जना गरेको बताए। उनले आउँदो वर्ष नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सपरिवार नेपालको भ्रमण गर्न ब्रिटिश मित्रहरुलाई आग्रह पनि गरे।

अल्डरशटबाट प्रतिनिधित्व गर्ने साम्सद लियो डोचर्टीले आफ्नो निर्वाचन क्षेत्रमा झन्डै १५ हजार भूतपूर्व गोर्खा तथा तिनका परिवार बसोबास गरिरहेको बताए। उनले यो ब्रिटेनमा आप्रवासी समुदायको अत्यन्त सफल एकीकरणको एउटा उदाहरण भएको पनि बताए। उनले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्ने विषय आफूले संसदमा उठाउदै आएको र हालै ब्रिटिस सरकारले ब्रिटिस गोर्खाहरुको पेन्सनमा उल्लेख्य वृद्धि गरेको बताए। 

परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुधन ज्ञवालीले ब्रिटेन र नेपाल बीचको ऐतिहासिक सम्वन्ध २१ औं शताब्दीमा अरु बलियो हुँदै गएको बताए। उनले आर्थिक विकासका लागि नेपालमा लगानीको आवश्यकता रहेको र अधिकांश उद्योगहरुमा नेपालले १०० प्रतिशत सम्म विदेशी लगानी खुला गरेको पनि जनाए। उनले आउँदो वर्ष सन् २०२० मा नेपालको भ्रमण गर्न सबै पाहुनाहरुलाई आमन्त्रण पनि गरे।

यूके नेपाल फ्रेंडशिप सोसाइटीका अध्यक्ष एलन मार्सेल स्यांकाले सन् २०२१ मा ब्रिटेनमा गर्न लागिएको जनगणनामा नेपालीहरुलाई छुट्टै समुदायको रुपमा गणना गर्न लागिएको जनाए। विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुको संख्या कति छ भन्ने थाहा भए पछि मात्रै उनीहरुलाई आवश्यक सेवा, सुविधाबारे योजना बनाउन सकिने भएकाले जनगणनामा कोहि पनि न छुट्न उनले आग्रह गरे।

आफ्नो प्रस्तुतिमा फार्नबरो स्थित कम्पनि जिनार्जीका प्रमुख कार्यकारी अधिक्रीत सेवानिवृत्त मेजर टिकेन्द्र दल देवानले बेलायतको अत्यन्त प्रतिस्पर्धी उर्जा बजारमा पनि आफुहरुले ग्राहकहरुको मन जित्न सफल भएको बताए। उनले झन्डै पांच वर्ष अघि भूतपूर्व गोर्खाहरुले स्थापना गरेको कम्पनीले ग्राहकहरुको घरघर मै ग्यास तथा विद्युतको सुपथ र भरपर्दो  सेवा प्रदान गरिरहेको बताए। उनले ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका सदस्यहरुले नेपालमा सार्दी १ र सार्दी २ जलविद्युत योजनाहरुमा लगानी गरेको र ती योजनाको निर्माणमा कुनै वाधा खेप्नु नपरेको पनि बताए। 

कार्यक्रममा यूके नेपाल फ्रेंडशिप सोसाइटीका रणनीतिक सल्लाहकार डा रेमंड डेभिस, सिटि अफ लन्डनका वित्तिय समन्वयकर्ता डा मेइरियन मोर्गन लगायतका वक्ताहरुले आफ्नो कम्पनीका गतिविधि र नेपालमा लगानीका अवसरहरुबारे बोलेका थिए।

ऐतिहासिक खेल

कार्यक्रममा इंगल्याण्ड फुटबल एसोसियसनको न्यास्नल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले आउँदो वर्ष ३० मे २०२० मा इंगल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने घोषणा गरे।

नेपाली फुटबल टोलीले वेम्ली स्टेडियमको भ्रमण गर्ने, नेपाली दूताबासले सो टोलीको सम्मानमा विशेष स्वागत समारोहको आयोजना गर्ने तथा सो भ्रमणलाई फुटबल तथा नेपाली संस्कृतिको महोत्सवको रुपमा मनाइने पनि उनले बताए। त्यस्तै सन् २०२१ मा इंगलिस फुटबल टोलीले नेपालको भ्रमण गर्ने पनि उनले जनाए।

कार्यक्रममा नेपाली सांगीतिक प्रस्तुति पनि दिइएको थियो।





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad