१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री अर्यालको दाबी– विष्णु पौडेलको छोराले बालुवाटारमा किनेको जग्गा वैधानिक

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेलको बचाऊमा उभिएका छिन्। महासचिव पौडेलको छोराको नाममा बालुवाटारमा रहेको सर्वजनिक जग्गा वैधानिक भएको मन्त्री अर्यालको दाबी छ। 

रिपोर्टर्स नेपालमा भएको साक्षत्कार कार्यक्रममा मन्त्री अर्यालले नेकपाकै महासचिव पौडेलका छोरा नवीनले किनेको ललिता निवासको जग्गा मोही किटान भएका कारण वैधानिक भएको दाबी गरिन्। 

‘विष्णु पौडेलका छोरा नवीन पौडेलसित जोडिएको आएको जग्गाको विषयमा हामीले अध्ययन गर्यौं’, उनले भनिन्, ‘उहाँले जुन जग्गा किन्नुभएको छ, त्यो मोही किटान भएर मोही साविक भएको, मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिको रूपमा उहाँको छोराको नाममा हस्तान्तरण भएको छ।’ तर पौडेलको छोराको नाममा रहेको जग्गा पनि रोक्का रहेको उनको भनाइ छ। 

उनले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन्। ‘हिजो मात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं’, उनले भनिन्, ‘सबै कित्ताहरु रोक्का गरेका छौं। सात दिनको समयसीमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं।’ 

मन्त्री अर्यालले उक्त विवादित जग्गाहरुको बारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि छानबिन गर्न शक्तिशाली आयोग बनाउने कामको पनि सुरुवात हुने विश्वास दिलाइन्। सार्वजनिक र गुठीका अतिक्रमण भएका सरकारी जग्गाहरु सबै फिर्ता गर्ने पनि उनले स्पष्ट पारिन्।

प्रकाशित: १४ वैशाख २०७६ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App