१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यू १६ पूर्वी क्षेत्रिय क्रिकेटः हङकङलाई हराउँदै नेपाल फाइनलमा

तस्बिरः एजेन्सी

काठमाडाैं–थाइल्याण्डमा जारी एसीसी यू १६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा हङकङलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले शनिबार हङकङमाथि ४ विकेटले जीत निकाल्दै फाइनलको यात्रा तय गरेको हो। ८६ रनको सामान्य लक्ष्य पाएको नेपालले  २१ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। हङकङलाई सस्तैमा समेट्न नेपालका लागि निखिल कुमार सिंहले सर्वाधिक ४ विकेट लिए। त्यस्तै रमेश कुर्मी र विशालकुमार पटेलले समान दुई दुई विकेट लिए।

ब्याटिङ तर्फ आशिष भट्टराईले १७ रन, दुदराज बिकले १४, कृष्ण कार्की १२, दिपक बोहोराले ११, सुवाष ऐयरले १० रन बनाए। नेपालले यसअघि मलेसिया र म्यानमार माथि जित निकालेको थियो।

प्रकाशित: १४ वैशाख २०७६ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App