१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मृतावस्थामा महिला फेला, श्रीमान पक्राउ

बनेपा - काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल) मृत भेटिएकी छन्। मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई हिजो दिउँसो घरको कोठामा नै मृतावस्थामा फेला पारेको हो। उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महीनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका दुलाललाई मदनदेउपुर नगरपालिका–२ बालुवापाटीबाट आज बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १४ वैशाख २०७६ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App