१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिया पसलभित्र पस्याे बस, एककाे घटनास्थलमै मृत्यु

काठमाडाैँ - पूर्वपश्चिम राजमार्गमा रहेको चिया पसलमा एकाएक बस छिरेको छ। उक्त बस अनियन्त्रित भएर चिया पसलमा छिरेर ठक्कर दिँदा शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त ठक्करबाट ८ जना घाइते समेत भएका छन्। सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो।

बसले ठक्कर दिएर कञ्चनरुप नगरपालिका–८ का देवनारायण महतोको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। त्यस्तै  प्रहरीका अनुसार दुर्घटनामा चियापसले कञ्चनरुप–९ का ७० वर्षीय असर्फी मण्डलसहित कञ्चनरुप–९ का ४५ वर्षिय सुनरलाल महतो, पाचँथर मिक्लाजुङ गाउँपालिका–५ का ४५ वर्षीय पूर्णबहादुर लावती, मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय कुलबहादुर महत, बाराको अमलेखगञ्ज नगरपालिका २१ का ३७ वर्षीया शान्ती खड्का, उनका छोरा ४ वर्षीय सम्पूर्ण खड्का, अमलेखगञ्ज–२१ की लक्ष्मी गिरी र उनकी छोरी ७ वर्षीया आयुषा गिरी घाइते भएका छन्।

पूर्व जाँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको ना ५ ख ७९३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दक्षिणतर्फको चिया पसल छिरेको प्रत्यक्षदर्शीले बताए।

प्रकाशित: १४ वैशाख २०७६ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App