१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विपदमा परेकालाई ५१ लाख राहत दिइने

रुपन्देही– प्रदेश ५ सरकारले विभिन्न जिल्लामा प्रकृतिक  प्रकोपबाट पीडित भएका परिवारलाई राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ फागुन ३ गतेदेखि २०७५ पुस  मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरोलगायतका प्रकृतिक विपदमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई राहात दिने निर्णय गरेको हो।

घटनामा परेका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सरकारले प्रदेशका जनतालाई विपतमा साथ दिने सरकारले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भैतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए।  बैठकले दाङको राप्ती गाउँपालिका– ७ बसन्तपुरमा  अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने तथा दाङकै घोराही उपमहानगरपालिका– १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका– १३ स्थित उजिर सिंह रंगशालाको स्तरोन्नति गर्ने निर्णय गरेको पनि मन्त्री चौधरीले जानकारी दिए। 

यस्तै प्रदेश–५ सरकारले थप ६ दिन सार्वजनिक बिदा थप गरेको छ। जसमा चार दिन प्रदेशभर लागू हुने छ भने एक दिन स्थानीय तहले र अर्को एक दिन स्थानीय समुदायमा आधारित बिदा हुने चौधरीले बताए। निर्णयसँगै बकर ईदको अवसरमा एक दिन, माघे सक्रान्ती तथा माघीमा दुई दिन र प्रदेश स्थापना दिवसमा एक दिन गरी चार दिन प्रदेशभर बिदा हुनेछ।  

साथै अन्य दुई दिनमा भने स्थानीय पर्वको लागि स्थानीय तह आफैंले बिदा गर्न सक्ने निर्णय गरिएको छ। उनले पाल्पाको भगवती जात्रालगायतलाई मध्य नजर गरी बिदा तयार पारिएको जनाए। मन्त्री चौधरीले अतहरी, भूमिया पूजालगायतका दिनमा सो पर्व मनाउने कर्मचारीहरूले बिदा लिन सक्नेगरी यो बिदाको परिकल्पना गरिएको बताए।

 

प्रकाशित: १२ वैशाख २०७६ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App