१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पबाट सुरक्षित रहन 'डेमो'

भक्तपुर- बिहीबार बिहान दस बजेर २१ मिनेटको समय थियो। यति कैमा ठूलो आवाजका साथ ठूलै भूकम्प आयो। जताततै कोलाहल मच्चियो। जताततैबाट ह्वारह्वारती विद्यार्थी बाहिर निस्कन थाले। आआफ्नो कक्षाकोठामा पढिरहेका विद्यार्थी आआफूलाई सुरक्षित गर्दै दुवै हात टाउकोमा राखेर निस्किए। प्ले ग्रुप, नर्सरीलगायतका ससाना कक्षामा ससाना नानीहरुले त जुतासम्म लगाउन भ्याएनन्, खाली खुटा नै बाहिर निस्किए। शिक्षक शिक्षिकाहरु पनि आफ्ना विद्यार्थी र आफूलाई सम्हाल्दै बाहिर निस्कन थाले। विद्यार्थी र शिक्षक शिक्षिका सुरक्षित स्थानमा पुगेपछि पाँचसात जना, पाँचसात जनाको समूहमा गोलबन्द गरी बसेर निहुरेर आफू अनि आफ्ना साथीहरु सुरक्षित पारे।

यो दृश्य हो भक्तपुरको मिवाछेस्थित एभरेष्ट इगलिश स्कुलले बिहीबार गरेको भूकम्प सचेतना कार्यक्रमको। २०७२ साल बैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पको सम्झना र भूकम्पबाट बच्ने उपायबारे विद्यार्थीलाई जानकारी गराउन कार्यक्रम गरिएको थियो। भूकम्प आएको जनाउ दिन सवैतिर सुनिने गरी ठूलो स्वरमा साइरन बजाइएको थियो। 

डेमो कार्यक्रमको क्रममा विद्यार्थीलाई शिक्षकले सुरक्षित गराएका थिए। विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका ३८ वटा कक्षाका विद्यार्थी कक्षाकोठाबाट शिक्षशिक्षिकासाथ सुरक्षितसाथ बाहिरिएका थिए। स्कुलका एक हजार दुई सय भन्दा वढी विद्यार्थी कक्षाका सात जना इन्जार्ज शिक्षकहरुले वाकीटाकीबाट सञ्चार गर्न सहयोग गरेका थिए। उनीहरुकै सहयोगबाट एक हजार दुई सय विद्यार्थीमध्ये कसैलाई पनि सामान्य चोटपटकसम्म नलगाई सुरक्षित पार्न सफल भएको थियो।

चर्चित उद्दारकर्मी अरुण सैंजू पनि विद्यार्थीलाई उद्धार गर्न पुगेका थिए। उनले भूकम्पको तुरुतै पुगेर विद्यार्थी, शिक्षक, कर्मचारीलाई सुरक्षित पार्न सहयोग गरेका थिए। भूकम्पबाट सुरक्षित पार्न सफल भएपछि खुशी साट्दै उनले भने, 'यो त डेमो मात्रै हो, हामीले यस्ता रियल केसमा धेरैलाई उद्धार गर्न सफल भएको छौ, यस अर्थमा म आफूलाई असाध्यै सौभाग्य ठान्दछु।'

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रत्येक वर्ष जस्तो यो वर्ष पनि विद्यार्थीलाई भूकम्पबाट सुरक्षित हुने उपाय सिकाउन कार्यक्रम गरेको जनाए। भूकम्पबाट सुरक्षित हुन सिक्न विद्यार्थीलाई वर्षमा एक पटक मात्रै नभई प्रत्येक तीनतीन महिनाकोबीचमा यस्तो कार्यक्रम गर्दै गरेको उनले जनाए। उनले कथकदाचित भूकम्प आइहाले सुरक्षित रुपमा स्कुलका सम्पूर्ण विद्यार्थीवीच सञ्चार गरी सुरक्षित पार्न सात वटा वाकीटाकी जहिल्यै अलर्ट गरी राखेको जनाए।

प्रकाशित: १२ वैशाख २०७६ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App