विपद् व्यवस्थापनमा बेवास्ता

बिहिबार, १२ बैशाख २०७६, १० : ५३ बुद्धिनारायण श्रेष्ठ

भूकम्प
संवत् १७७१ असारमा ठूलो स्केलको भूकम्प, १८९० भदौ १२ मा ८ रेक्टर स्केलको महाभूकम्प, १९९० माघ २ मा ८.४ रेक्टरको महाभूकम्प अनि २०७२ वैशाख १२ मा ७.८ रेक्टर स्केलको मझौला भूकम्प गएको थियो। विगतमा सय–सय वर्षमा भूकम्प छुटेकामा यसपटक ८२ वर्ष नबित्दै भूकम्प झ्वाट्टै आयो र ५५ सेकेन्डमै बिदा भयो। १९९० मा २ मिनेट, १८९० मा ४४ सेकेन्ड अनि १७७१ मा अन्दाजी १ मिनेटको भूकम्प थियो। २०७२ सालको भूकम्पले लमजुङ–गोरखादेखि पूर्व ओखलढुंगासम्म प्रभाव पा¥यो। १८९० को भूकम्पले ४५ धक्का, १९९० को ले ४ सय ६६ झट्का दिएको थियो भने २०७२ को भूकम्पले ५ सय ५० भन्दा बढी परकम्प छुटाइसकेको छ। गत चैत २९ मा पनि रसुवामा केन्द्रबिन्दु भएर ४.६ रेक्टरको परकम्पन भएको छ। र, हिजो(वैशाख ११ गते) बिहान पनि ११ मिनेटको फरकमा दुईपटक ५.२ र ४.३ रेक्टर स्केलको परकम्प गयो। 

नेसनल जियोग्राफिक म्यागेजिन २०१९ जनवरी १७ को विज्ञान र अन्वेषण च्याप्टरमा विज्ञानसम्बन्धी लेखिका माया वेइ हयासले नेपालमा कुनै पनि बेला २०७२ सालको भन्दा शक्तिशाली भूकम्प जानसक्ने भन्दै लेख प्रकाशित गरेकी छन्। यी कुरा यहाँ उल्लेख गर्नुको उद्देश्यचाहिँ आपतकालीन योजना तत्काल प्रभावकारीरूपमा बनाइ विपद् व्यवस्थापन चुस्त तरिकाले तयार पारिराख्नुपर्छ भन्ने हो। यसबारे अलि विस्तृत पछि उल्लेख गरिनेछ।

नेपालमा बेलाबखत भूकम्पको धक्का जाने अनि भुमरीको झोक्का आउने गरेको छ । यसबाहेक कहिले हिमताल फुटेर तल्लो तटीय क्षेत्रका बासिन्दा विपद्मा पर्ने गरेका छन् ।

भुमरी
नेपालमा यसभन्दा अघि कहिल्यै नआएको ठूलो पैमानाको हुन्डरीको भुमरी गत चैत १७ गते खासगरी बारा–पर्सा जिल्लामा आयो। विध्वंश मच्चाएर २ मिनेटमै गयो। यस प्रकारको भुमरीको खास नेपाली नाम के हो, मौसमविज्ञहरूले भन्न सकेका छैनन्। अंग्रेजीको नामावली सापटी लिएर कसैले साइक्लोन, टाइफुन, हुरिकेन र धेरैले अमेरिकामा आउने गरेको टोर्नेडोको संज्ञा दिएका छन्। नाम जेसुकै भए पनि यो बबन्डरपूर्ण हावाहुरी नेपालमा कसरी सिर्जना हुन पुग्यो ?

उत्तर भारत भएर आएको पश्चिमी वायु सामान्य गतिमा पोखरा आइपुगेपछि त्यहाँबाट काठमाडौँं उपत्यका दक्षिण हुँदै चितवन पुग्दा उच्च वायुमण्डलको वायुमा सतहको तातो वायुसमेत घुलन भएपछि निकुञ्जमाथिको भागमा चक्रवातको रूप लिन सुरु भयो। जलवायुविज्ञका अनुसार चितवनबाट पर्साको जगन्नाथपुरमाथि आइपुग्दा त्यो चक्रवात असाध्यै बलियो भुमरीमा परिणत भयो। अनि बाराको बोरियाबाट रौतहटको सीमामा पुग्दा शिथिल हुँदै भुमरी विसर्जन भयो। चितवनबाट रौतहट पुग्न ५–७ मिनेट लागेको थियो भने पर्साबाट बारा पसेको भुमरीले २ मिनेटसम्म भयंकर प्रभावशाली भएर विध्वंश मच्चायो।

भुमरीले ४ भारतीयसमेत २८ जनाको ज्यान लियो। ६ सय ७८ जना घाइते बनायो। धेरैजसो मृत्यु तथा घाइते घरमा च्यापिएर भएको छ। बारा जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त विपद्मा परेर १६ हजार ४ सय जना प्रभावित भएका छन्। १ हजार ५ सय घर ध्वस्त भएका छन् भने २ हजार ४ सय घरमा आंशिक क्षति पुगेको छ। बारास्थित कृषि ज्ञान केन्द्रका अनुसार ३ हजार ५ सय हेक्टरमा लगाएको गहुँ, मकै, मसुरो तरकारी र फलपूmल गरी ३८ करोड रुपियाँ बराबरको क्षति भएको छ। विद्युत् प्राधिकरणका अनुसार बारा–पर्साका २ हजार थान बिजुलीका पोल ढलेकाले १५ करोड रुपियाँ बराबरको नोक्सानी भयो। तीन उद्योगमा ५० करोडको क्षति हुन पुग्यो। हुरीले १२ गाडी पल्टायो भने २० मोटरसाइकल ढालेर क्षति पु-यायो।
 
विपद् व्यवस्थापन
पर्सा–बारामा भुमरीबाट पीडितको तत्कालै उद्धार तथा तिनलाई राहत प्रदान गर्ने चुस्त व्यवस्थापन गरिनुपर्ने थियो। तर प्रादेशिक सरकारमा पीडितका लागि चाहिने त्रिपाल टेन्ट अभाव भएकाले केन्द्रीय सरकारको गृह मन्त्रालयले ३ सय थान उपलब्ध गरायो। बारा भलुहीका ७० वर्षीय सीताराम पटेलले ४ दिनपछि मात्र टेन्ट पाए। भरबलिया गाउँका अञ्जली राउत कुर्मीको १० जनाको परिवार भूमरीको एक हप्ता बित्दा पनि एउटै टेन्टमा बसिरहेछन्। बलरामपुरदेखि फूलबरियासम्म ढलेका रूख र बाँसका कारण बन्द सडक ४ दिनपछि मात्र खुल्न सक्यो। घाइतेलाई तत्काल वीरगन्ज पु-याउन नसकेकाले एकजनाको बाटैमा मृत्यु भयो। नारायणी र नेसनल मेडिकल कलेजमा उपचारका क्रममा ९ जनाको मृत्यु भयो। अस्पतालको एउटै बेडमा दुई घाइते राख्नुपरेको थियो।

व्यवस्थापनको सकारात्मक पक्षचाहिँ पीडितलाई तत्काल चाउचाउ, चिउरा, भुजिया वितरण गर्नु हो। प्रतिपरिवार २५ किलो चामल र आलु दिइयो। मृतकका परिवारलाई जनही ३ लाख रुपियाँ प्रदेश सरकारले दिने र घरविहीनलाई संघीय सरकारले आवास बनाइदिने घोषणा भए। तर भद्रगोल तरिकाले राहत वितरण भएको महसुस पीडितले गरेका छन्। राहत सामग्री कतै खातमाथि खात त कतै पुर्पुरोमा हात हुन पुगेको थियो। पानी र शौचालय प्रबन्ध अभैm राम्रो हुन सकेको छैन।

अन्त्यमा,
नेपालमा बेलाबखत भूकम्पले धक्का दिने अनि भुमरीले झोक्का फाल्ने गरेको छ। यसबाहेक कहिले हिमताल फुटेर तल्लो तटीय क्षेत्रका बासिन्दालाई विपद्मा पार्ने गरेको छ। बर्सेनि डुबान, बाढी, पहिरो, आगलागी, हावाहुरीको प्रकोप हुने गरेका छन् तर त्यसअनुरूप विपद् व्यवस्थापनका लागि सजगता अपनाउने गरिएको पाइँदैन। गृह मन्त्रालयमा विपद् व्यवस्थापन एकाइ छ तापनि प्राकृतिक प्रकोप परेका बेला तत्काल पीडितलाई उद्धार गर्ने र यथोचित राहत सामग्री उपलब्ध गराउने चुस्त संयन्त्र अभाव देखिन्छ। भूकम्पजस्तो आकस्मिक प्रकोपमात्र होइन, हरेक वर्षाका बेला हुने डुबान र बाढीपहिरो अनि सुक्खा मौसममा हुने आगलागीबाट पीडितले भन्नेबित्तिकै सेवा पाउने गरेका छैनन्। बर्सेनि आइलाग्ने विपद्मा उद्धारका लागि  अग्रिम व्यवस्थापन हुनुपर्ने हो। तर विपद् परेको केही दिनपछि मात्रै व्यवस्थापन जुर्मुराउने गरेको छ। उदाहरणका लागि, पर्सा–बाराका भुमरीपीडितमध्ये कतिपयले ३÷४ दिनपछि मात्र त्रिपाल पाए। जिल्ला सदरमुकाम नजिकका पीडितले दोहोरो, तेहेरो राहत पाए भने टाढाकाले पर्सिपल्टसम्म चिउरा, चिनी र चाउचाउको पुरिया पनि पाउन सकेनन्।

४ वर्षअघि भूकम्पीय प्रकोपमा परेका पीडितलाई उद्धार गर्न केही दिनसम्म नेपाल आपैmँले सकेन। तर छिमेकी भारतको सुसज्जित उद्धार टोली भोलिपल्टै र चीनको टोली पर्सिपल्ट सखारै अनि पछि अन्य देशका उद्धारक नेपाल उत्रिए। केही टोली विमानस्थलबाट सीधै संरचना ध्वस्त भएको इलाका पुगे। घरले चेपिएर मर्ने÷बाँच्ने दोसाँधमा रहेका कतिपय पीडितलाई जिउँदै त कतिपयलाई पुरिएको ठाउँबाट मृत अवस्थामा निकाले। त्यसपछि नेपाली उद्धार टोली पनि सुसज्जित भए। केही टोलीले आपैmँ काम गरे भने केही टोली विदेशीसँग संलग्न भएर उद्धारमा जुटे। यी सबै अनुभवका आधारमा विपद् व्यवस्थापनमा निम्न स्वचालित संयन्त्र विकास गर्नुपर्ने देखिन्छ ः

१) प्रत्येक जिल्लामा विपद् क्षेत्रमा जाने उद्धार टोली गठन गरी आजैदखि पर्याप्त मात्रामा तालिम दिने।
२) विपद् आइलाग्नेबित्तिकै त्यसको मात्राअनुसार ती टोलीलाई सबै स्थानमा पठाउने।
३) कुनै टोलीले उद्धार सुरु गरिहाल्ने
४) अर्काे टोलीले मृतकको सनाखत र जीवित पीडितको (नाम ठेगाना, बाबु, बाजे, परिवारका सदस्य संंख्या आदि) एकिन विवरण संकलन गरी तथ्यांक स्थापना गर्ने।
५) एकिन भएका पीडितलाई सिरियल कोड नम्बरको परिचयपत्र प्रदान गर्ने।
६) केही टोलीले भौतिक क्षतिको विवरण संकलन गर्ने र तथ्यांक स्थापना गरिहाल्ने। ७) विवरण नछुट्ने अनि नदोहोरिने प्रक्रिया अपनाउनुपर्ने।
८) विपद् परेको सुरु दिनमा पीडितको भोक मार्ने बनिबनाउ खाद्यवस्तु वितरण गर्ने।
९) त्यसपछि परिचयपत्रका आधारमा राहत सामग्री प्रदान गर्ने।
१०) राहत सामग्री संकलन र वितरणमा एकद्वार प्रणाली अपनाउने।
११) आकस्मिक दुर्घटनामा सेवा प्रदान गर्ने स्वास्थ्य टोली र औषधि सदा तयार रहनुपर्ने।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad