१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सेन्चुरी, निम्बस र एसबिआई अन्तिम १६ मा

काठमाडौं- सेन्चुरी बैंकले कर्पोरेट सुपर सिक्सेस क्रिकेटअर्न्तगत समूह ‘बी’ मा शतप्रतिशत नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ। कर्पोरेट क्रिकेटको तेस्रो संस्करणमा बिहीबार सेन्चुरीले एनएमबी बैंकलाई २२ रनर आइसिएफसी फाइनान्सलाई ५ विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार दोहोरो जित निकालेसँगै शीर्ष स्थानको सेन्चुरीले अब क्वार्टरफाइनलका लागि माछापुच्छ्रे बैंकसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ को माछापुच्छ्रेले नबिल बैंकलाई ६ विकेटले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो।

टस जितेर ब्याटिङ गरेको सेन्चुरीका लागि सुरज तिमल्सिनाले ३५ र दिवसडंगोलले २२ रन बनाए। ९९ रनको लक्ष्य पछ्याएको एनएमबीले ५ ओभरमा १ विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो। एनएमबीका बरुण घिमिरेले ३१ र मोहन केसीले २६ रन बनाए।

कीर्तिपुरमै आइसिएफसीविरुद्धको खेलमा पनि सुरज र सुवास शर्माले क्रमशः अविजित ३२ र २१ रन बनाए। ७८ रनको लक्ष्य सेन्चुरीले ३.३ ओभरमा पूरा गरेको हो। टस जितेको आइसिएफसीबाट सागर तिवारी र अरबिन्द रानाले अविजित ३२ रनको समान स्कोर गरे।

समूहमा पहिलो जित निकाल्नेक्रममा माछापुच्छ्रेले नबिल बैंकलाई ६ विकेटले हरायो। नबिलले छाडेको ७२ रनको लक्ष्य माछापुच्छ्रेले दुई बलअघि पूरा गरेको थियो। टस जितेको नबिलका लागि भुवन श्रेष्ठले २६, दिनेश अधिकारीले १९ र अमित पोखरेलले १६ रन बनाए। 

समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्नेक्रममा निम्बसलेज्योति विकास बैंकलाई ६ विकेटले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। टस जितेको ज्योतिले ४ विकेट गुमाएर ४२ रन जोड्यो। उक्त लक्ष्य निम्बसले ३.४ ओभरमा पूरा गरेको हो।

समूह ‘एफ’ को नेपाल एसबिआई बैंकले बिहीबार सिभिल बैंकलाई ११ रनले पराजित गदर्ैै अन्तिम १६ सुरक्षित गर्‍यो।टस जितेको एसबिआईले २ विकेट गुमाएर ६७ रन बनायो। ६८ रनको लक्ष्य पछ्याएको सिभिलले २ विकेट गुमाएर ५६ रन बनाउन सक्यो।

बिहीबारै कुमारी बैंकले एनसिसी बैंकलाई ४ विकेटले हरायो। कान्तिपुरले ज्योति विकास बैंकलाई १६ रनले हराउँदै अन्तिम १६ मा स्थान बनायो। नेपाल टेलिकमले रुस्लान क्रिकेट टिमलाई ५७ रनले पराजित गर्दा आइसिएफसी फाइनान्सले एनआइसी एसिया बैंकमाथि १ विकेटको जित दर्ता गरायो।

प्रकाशित: ५ कार्तिक २०७३ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App