१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमानाकाबाट प्रहरीले बरामद गर्‍याे हतियार

रौतहट - नेपाल प्रहरीले बुधवार मध्यरातमा सीमानाकाबाट हतियारसहित गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको हो ।

जिल्लाको परोहा नगरपालिका ८ नेपाल – भारत सीमा दशगजा क्षेत्रमा एम्बुस बसेको बेला भारततिरबाट दुई संकास्पद अवस्थामा नेपाल पस्न खोजेका थिए । मध्यरातमा दुवैजनालाई चेकजाँच गर्न खोज्दा बोकेको गमछा छोडी भारततर्फ भाग्न सफल भएका थिए । अध्यारोको फाइदा उठाएर भाग्न सफल भए पनि भूइँमा फालेको गमछालाई चेकजाँच गर्दा त्यसभित्र बेरिराखेको अवस्थामा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद भएको छ ।

घटनाको विषयमा रौतहट प्रहरीले अनुसन्धान अघि बढाएको छ । भारतीय चुनावमा नेपालतिर कुनै गडबड नहोओस् र भारततिर अपराध गरेर नेपालतिर नभागोस् भन्ने सुरक्षा नीतिअन्तर्गत दिन र रात सुरक्षा जाँच बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले बताएका छन् । सुरक्षाकर्मीको सतर्कताले नेपाल र भारत दुवैतिर अहिले अपराधिक गतिविधिमा कमी आएको एसपी खत्रीको दाबी छ ।

भारतको निर्वाचनको सम्वेदनशीलतालाई बुझेर विभिन्न समयमा दुई देशको सीमा क्षेत्रका सुरक्षा अधिकारीबीच भएको सहमतिअनुरुप नेपाली सुरक्षाकर्मी अहोरात्र खटिरहेको पाइएको छ ।

प्रकाशित: १२ वैशाख २०७६ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App