१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालीहरुले साढे ६१ अर्ब विदेश भ्रमणमा सके

काठमाडाैं - यो आर्थिक वर्षमा नेपालीहरुले विदेश भ्रमणका नाममा ६१ अर्ब ४९ करोड सकेका छन्।

काठमाडौंको याक एन्ड यती होटलमा राष्ट्रबैंकको प्रिबजेट छलफल कार्यक्रममा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो। साथैै बाह्य पर्यटकले यो आर्थिक वर्षमा विदेशी पर्याटकले भने ४८ अर्ब रुपैयाँ नेपाल भ्रमणमा सकेका बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए।

बस्तु तथा सेवाको निर्यात बढ्न नसक्दा, व्यापार घाटा पनि बढ्दै गएको उनले त्यसक्रममा जानकारी दिए। नेपालको औसत आर्थिक (पाँच वर्षको) वृद्धिदर ४.८ प्रतिशत रहेको उनले बताए। ‘५९ अर्ब भुक्तानी सन्तुलन घाटामा छ,’ उनले भने। 

 

प्रकाशित: ११ वैशाख २०७६ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App