१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिककर्मी खड्का र ओलीलाई

काठमाडौं– नागरिककर्मी रुद्र खड्का र अर्जुन ओलीलाई बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार २०१८ बाट सम्मानित गरिने भएको छ। 

पुरस्कार छनोटका लागि गठित निर्णायक समितिले सिँक्टा सिँचाइ आयोजनाको अनियमितता बाहिर ल्याउन खोज पत्रकारिता गरेको खड्का र ओलीलाई संयुक्त रुपमा भन्दै १ लाख १ रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो। 

बारबरा फाउन्डेसनका अनुसार वैशाख १३ गते शुक्रबार नेपाल पर्यटन बोर्डको सभाकक्षमा बारबरा एडम्सको जन्मजयन्तीका अवसरमा आयोजना हुने समारोहमा प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले पुरस्कार प्रदान गर्नेछिन्।

फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले सम्मानका लागि परेका ५३ वटा आवेदनमध्ये निर्णायक समितिले खड्का र ओलीलाई चयन गरेको जानकारी दिएका छन्। उनका अनुसार सम्मानका लागि पत्रकार खड्काले काठमाडौंबाट र पत्रकार ओलीले नेपालगन्जबाट सिक्टा सिँचाई आयोजनाको अनियमितताबारे गरेको रिपोर्टिङको ४५ वटा शृंखलाबद्ध रुपमा प्रकाशित समाचार पेश गरेका थिए। 

यस्तै, फाउन्डेसनले पत्रकार मकर श्रेष्ठलाई २५ हजार १ रुपैयाँ राशीको पुरस्कारबाट प्रोत्साहन सम्मान प्रदान गरेको छ। संसद् सचिवालयमा भएको बेथिती र अनियमितता सम्बन्धी खोजका लागि श्रेष्ठलाई पुरस्कार दिइएको हो। 

प्रकाशित: १० वैशाख २०७६ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App