१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आईएसले लियो श्रीलंका बम हमलाकाे जिम्मा

एजेन्सी : श्रीलंकामा आइतबार भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे जिम्मा आतंकवादी संगठन इस्लािमक स्टेट (आइएस)ले जिम्मा लिएकाे अन्ताराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विभिन्न  गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय नाघेकाे बताइएकाे छ।

अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले मंगलबार लिएको हो।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा त्यहाँको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको दाबी गरेका थिए । आक्रमणमा वाह्य समूहको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

यो आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ। यो आक्रमणमा ३६ जना भन्दा धेरै विदेशी मारिएका छन् । भारतका मात्रै सातजनाले ज्यान गुमाएका छन्।

डेनमार्कका एक धनाढ्यले आफ्ना तीन सन्ता गुमाएका छन्। घटनापछि मंगलबार त्यहाँ राष्ट्रिय शोक घोषणा गरिएको छ। 

प्रकाशित: १० वैशाख २०७६ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App