१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लोकगायिका डीक्रा पुरस्कृत

काठमाडौं– एक दशकपछि गायनमा फर्किएकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ। ठाडीभाकाको संरक्षण र बादी समुदायको शसक्तिकरणमा योगदान पु¥याएस्वरुप उनलाई पुरस्कृत गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए।

समाजले प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरेको कार्यक्रममा बादीलाई ११ हजार १ सय ११ रुपैयाँ नगद सहित कदरपत्र प्रदान गरियो। बरिष्ठ गीतकार यादव खरेल र दमन्ताकी छोरी कवि पुष्पा खनालले उनलाई सम्मानपत्र र नगद हस्तान्तरण गरेका हुन्। 

दुई दशकभन्दा लामो समयसम्म ठाडी भाका र लोकगीतमा चर्चित डीक्रा पछिल्लो एक दशकदेखि ओझेलमा परेकी थिइन्। उनलाई पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले काठमाडौं झिकाएर गत फागुन ११ गते एकल डेउडा गायन कार्यक्रम गरेसँगै लोकगायनमा उनको पुनरागमन भएको छ।  

सम्मान कार्यक्रमकै अबसरमा कवि पुष्पाको गीत संग्रह ‘गह पोखिएर’ बिमोचन गरियो भने उनको ‘आमा’ शीर्षक गीतको म्युजिक भिडियो पनि सार्बजनिक गरियो। पुस्तकमा ९३ वटा गीत संग्रहित छन्। 

बिन्दु परियारको स्वर, लक्ष्मण शेषको संगीत रहेको म्युजिक भिडियोको निर्देशन निर्मल शर्माले गरेका हुन्। कार्यक्रममा म्युजिक भिडियो निर्माणमा संलग्न समूहलाई फूलमालाले सम्मान गरिएको थियो। 

अधिकारकर्मी दुर्गा घिमिरे संयोजकत्वमा गठित छनोट समितिले डीक्रालाई छानेको हो। कार्यक्रममा गायिका डीक्राले केही गीत गाएर दर्शकलाई मुग्ध बनाएकी थिइन्। 

प्रकाशित: १० वैशाख २०७६ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App