१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

एकैमञ्चमा तीन नाटक

काठमाडौं – विभिन्न नाट्य प्रस्तुुतिसहित ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सकिएको छ। कीर्तिपुरस्थित थिएटर मलको रंगमञ्चमा बालबालिकाहरूले नृत्य तथा अभिनयसँगै तीन नाटकको मञ्चन गरेर ग्यारेजको समापन गरेका हुन्।

बालबालिकाहरूले ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ नामक तीन नाटक प्रस्तुत गरेका थिए। राराहिल मेमोरियल स्कुलस“गको सहकार्यमा पुनः स्थापित थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला हो।

नाटक ‘सुपरम्यान सपना’मा एक बालकले समाजमा हुने खराब प्रवृत्ति र मानिसहरूलाई परास्त गर्ने सुपर पावर बोकेर सेवा गर्दै हि“डेको सपनालाई देखाइएको थियो। बालबालिकाका इमान्दारिता र संवेदनशीलता नै उनीहरूको सुपर पावर रहेको भाव नाटकमा थियो। नाटक ‘बाई बर्डी’ ले सहरी परिवेशको व्यस्ततामा अभिभावकबाट पर्याप्त समय नपाएको एक बालिकाले आफ्ना लागि साथीको खोजी र भेटिएका साथीस“गको सामिप्यतालाई दृश्यमा देखाइएको थियो। नाटक ‘करेसाबारी जडिबुटी’मा करेसामा पाइने वा हुर्काउन सकिने विभिन्न तरकारीजन्य वनस्पतीहरूको सम्मेलन आयोजना प्रस्तुत गरिएको थियो। नाटकहरूलाई थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका युवा रंगकर्मीहरू केदार श्रेष्ठ, सञ्जिता पराजुली र इलिना नकर्मीले तयार पारेका थिए। उनीहरूलाई सबीर चुरौटे, अरुण पौडेल, सुजन महत र सुजिता महर्जनले साथ दिएका थिए।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख अथित्यतामा बालबालिकाहरूले अभिभावकमाझ आफ्ना नाटक देखाएका थिए। बाल रंगमञ्चको अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको साथमा ‘लिटल थिएटर ग्यारेज’ २०७५ को चैत २० बाट सुरु भएको थियो।

बालबालिकाहरूले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरू बुझ्दै, रमाउ“दै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए। ५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा थिएटरका प्रक्रियाहरूमार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापहरू भएका थिए। जसमा चित्रकला, माटो कला, नृत्य, कथावाचन, कथालेखन, वतृत्वलगायतका क्रियाकलाप थिए।

कार्यशालामा प्रिन्स सिलवाल, निपूर्ण पौडेल, अरविन खड्का, कृति भट्टराई, प्रत्युस्मा श्रेष्ठ, अनुप पुरी, कलिना पाण्डे, सक्षम महर्जन, गायत्री श्रेष्ठ, सक्षम श्रेष्ठ, सम्श्रीती थापा, सुनिश्चित भुजेल, स्मृति अधिकारी, निकेश सिलवाल, एलिना श्रेष्ठ, शुभेच्छित ढुंगाना, स्वस्तिक प्रधान, सहर्शा क्षेत्री, आभा प्रधान, प्रवीन कायस्थ, साद्वी नकर्मी, सिञ्जनी खड्का, प्रेसिका तिमिल्सिना, प्रतीक तिमिल्सिना, इरा तामाङ, तिया महर्जन, स्वर्णिम लामा, आकृति श्रेष्ठ, पियुश श्रेष्ठ, प्रवेश श्रेष्ठ, शिशिर श्रेष्ठ, सहश्राम्सु नेपाल, श्रीतु महर्जन र उसर्वी कर्माचार्य सहभागी थिए।

कार्यक्रममा जापानी बालकथाकार मिल साकाईको बाल पुस्तक श्रृंखला ‘मेच्या बिरालो’ को चौथो श्रंखला ‘चियाको रमाइलो’ लेखक, सम्पादक तथा राराहिल स्कुलका अध्यक्ष तुलसीदास महर्जन, आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणालगायतले सार्वजनिक गरेका थिए।

प्रकाशित: १० वैशाख २०७६ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App